काठमाडौं–करिब साढे आठ वर्षपछि सर्वसाधारणका लागि उत्तरी तातोपानी नाका आवतजावत गर्न खुला गरिएको छ ।
शुक्रबार सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ बाट चीन जोड्ने नाकाबाट सीमा जोडिएका भोटेकोशीका ३० जना स्थानीयलाई एक कार्यक्रमका बीच उद्घाटन गरेर चिनियाँ क्षेत्र प्रवेश गराउँदै आवतजावत गर्न नाका खुल्ला गरेको हो ।
अध्यागमन कार्यालय कोदारीका अनुसार चिनियाँ क्षेत्र प्रवेशका लागि अध्यागमन कार्यालय कोदारीले शुक्रबारसम्म २ सय २७ निलो रंगको प्रवेश पास जारी गरेको छ । उक्त प्रवेश पासले सिमाबाट सिन्धुपाल्चोकवासी ३० किलोमिटर क्षेत्रभित्र चीनको क्ष्ँेत्र अवलोकन गर्न पाउने त्यहाँको स्थानीय प्रशासनले जनाएको छ ।
सिमावासी खासा व्यापारमा निर्भर थिए । चिनियाँ क्षेत्र लिपिङपारी, रमिते र खासामा संचलित व्यवसायी पसलबाट स्थानीयले कपडा र घरायसी सामान खरिद गर्न पाउने छन् ।
भुकक्पले क्षति पुर्याएको खासा पुनर्निर्माण छिटो भएपछि नेपालीहरु लिपिङबाट टाढा रहेको न्यालम सहरबजारसम्म जान पाउने व्यवस्था मिलाईने तातोपानी अध्यागमन कार्यालयले जनाएको छ । न्यालमबजार तातोपानी सिमाबाट ३० किमी दुरीमा रहेको छ ।
ताजा समाचार
लोकप्रिय
© 2025, All right reserved to Raja Times – News from Nepal
Site by: Trishuli Web
कुनै पनि प्रतिक्रिया पाईएन !