काठमाडौं – जबरजंग गण देवीघाटमा संचालित सैन्य आधार तालिमबाट ९८ जना सिपाहीमा दीक्षित भएका छन् ।

उनीहरुलाई सोमबार महासेनानी मदन थापा क्षेत्रीले दीक्षित गर्दै सेवा प्रवेश गराएका हुन् । देवीघाट ब्यारेकमा नौ महिने तालिम पूरा गरेका सि.सं. १० सैन्य आधार तालिमको दीक्षान्त समारोह सम्पन्न भएको गणका गणपति चिरञ्जीवी पौडेलले बताए ।

महासेनानी थापाले दिक्षित सिपाहीलाई योग्य व्यक्तिका रुपमा छनौट गरेकाले कार्य क्षेत्रमा खटिदा राष्ट्र, नेपाली जनता र नेपाली सेनाको शिर उच्च राख्ने गरी कार्य गर्न निर्देशन दिए । तालिममा उत्कृष्ट हुने सिपाहीलाई पुरस्कारबाट सम्मान गरिएको थियो ।

त्यसैगरी सैन्य तालिम केन्द्र त्रिशूली मैथलीबाट सि.सं. ७८ सैन्य आधारबाट २ सय ८९ महिला शिक्षार्थी दीक्षित भएका छन् । नेपाली सेनाका बलाधिकृत रथी सरोजप्रताप राणाले दीक्षित गराएका थिए । तालिमको अन्तिम दलेल कवाज प्रस्तुत गरिएको थियो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल