काठमाडौ–सशस्त्र प्रहरी बल नं.१९ गुल्मले आफ्नो छैठो स्थापना दिवस मनाएको छ ।

नुवाकोट विदुरनगरपालिका ४ तल्लोविदुरमा रहेको गुल्ममा स्थापना दिवसमा सशस्त्रका डिआईजी लक्ष्मणबहादुर सिंह र विदुरनगरपालिकाका प्रमुख राजन श्रेष्ठले संयुक्त रुपमा केक काटेका थिए । स्थापना दिवसको अवसरमा डिआईजीले सिंहले सशस्त्र र नं. १९ गुल्मले गरेका कार्यको सराहना गरे ।

वार्षिक उत्सव कार्यक्रममा विदुरनगरपालिका प्रमुख श्रेष्ठ, उपप्रमुख प्रभा बोगटी, नुवाकोट प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले सशस्त्रले शान्ति सुरक्षा, विपद् व्यवस्थापनमा देखाएको योगदानको चर्चा गरेका थिए ।

कार्यक्रममा सांस्कृतिक प्रस्तुति, नृत्य लगायत प्रस्तुत गरिएको थियो । वार्षिक उत्सव कार्यक्रममा
मा आयोजित खेलकुद र उत्कृष्ट कार्य गर्ने जवनहरुलाई पुरस्कृत गरिएको थियो ।

सशस्त्र प्रहरी बल नं.१९ गुल्मका गुल्मपति एवं डिएसपी जगन्नाथ खड्काले भए,गरेका कार्यको बारेमा कार्यक्रममा प्रस्तुत गरेका थिए ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल