काठमाडौं–काठमाडौंको तिनकुनेस्थित गैह्रीगाउँमा भएको सामूहिक हत्या भएपछि उपत्यकामा सुरक्षाप्रति त्रास सिर्जना भएको छ ।
शुक्रबार मध्यराति धारिलो हतियार प्रहार गरी गैह्रीगाउँस्थित दिव्य सःमिल(काठ चिने मिल) मा एकै परिवार सहित चार जनाको हत्या भएपछि स्थानीयमा त्रास उत्पन्न भएको हो ।
उक्त समिलमा सुरक्षागार्ड काम गर्ने दोलखाका कुमार भुजेल ५२ वर्षीया श्रीमती अम्बिका भुजेल, ७६ वर्षीया शुभद्रा भुजेल र सोही मिलमा काम गर्ने मोरङका १९ वर्षिय नवीन राईको हत्या भएको प्रहरीले जनाएको छ । घटना हुँदा सँगै रहेका नवीनका आफन्तसमेत रहेका मोरङका २८ वर्षीय दीपेन्द्र राईलाई भने प्रहरीले पक्राउ गरेको छ । दीपेन्द्र राईले नै हत्या भएको खबर प्रहरीलाई दिएका थिए । चारै जनाको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगंजमा राखिएको छ ।
प्रहरीले घटनास्थल सिल गरेर अनुसन्धान गरिरहेको छ । घटनाको अनुसन्धानको लागि संयुक्त टोली गठन गरिएको काठमाडौं उपत्यका प्रहरी कार्यालयले जनाएको छ । उक्त घटनाले उपत्यकाबासीमा त्रास फैलिएको छ ।
घटनाको छानविन गर्न ५ सदस्यीय टोली
उपत्यका प्रहरी कार्यालय रानीपोखरीले तीनकुने सामूहिक हत्या प्रकरणको छानबिन गर्न एसएसपी सोमेन्द्रसिंह राठौरको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति बनाएको छ । समितिका सदस्यहरुमा जिल्ला प्रहरी परिसर, काठमाडौंका डीएसपी हरि खतिवडा, उपत्यका प्रहरी कार्यालयका डीएसपी सुवास खड्का, अपराध अनुसन्धान कार्यालयका डीएसपी सुरक्षा केसी र प्रहरी वृत्त, बानेश्वरका निरीक्षक वीरेन्द्र केसी छन् ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to Raja Times – News from Nepal
Site by: Trishuli Web
कुनै पनि प्रतिक्रिया पाईएन !