काठमाडौं– नुवाकोट विदुरनगरपालिका २ सरस्वतीथानमा रहेको स्वयम्भू महाचैत्य क्षेत्र मुनि रहेको अशोकबाटिकामा बुद्ध मूर्तिको प्राण प्रतिष्ठा गरिएको छ ।
शुक्रबार र शनिबार दुई दिन विधिवत रुपमा गुभाजुद्वारा पूजाआजा गरी ४ वटा मूर्तिको प्राण प्रतिष्ठा गरिएको हो । बुद्ध मूर्तिलाई प्राणप्रष्ठिा गर्न अघि महामण्डल अशोकबाटिका, साततल्लो दरबार क्षेत्र, भैरवी मन्दिर परिक्रमा समेत गराइएको थियो ।
महाचैत्य पुनर्निर्माण चार चरणमा निर्माण गरिने निर्माण गरिने भएको छ । पहिलो चरणमा टुँडीखेलदेखि स्वयम्भू चैत्यसम्म ढुंगेसिँढी निर्माण गर्ने, सिँढीको दायाँबायाँ बुद्धधर्मसँग सम्बन्धित चिभा, चैत्य, मूर्ति आदि निर्माण गर्ने योजना रहेको छ । दोस्रो चरणमा ५ रोपनी जग्गामा ऐतिहासिक झलक देखिने ढुंगेपर्खाल निर्माण गरिने छ । तेस्रो चरणमा स्वयम्भू महाचैत्यको निर्माण र चौथो चरणमा प्रचारप्रसार र ध्यान साधना गर्न महास्तुपा, विहार, चैत्य, चिवा, बुद्धका मूर्ति निर्माण गर्ने कार्य योजना रहेको आयोजकले जनाएका छन् ।
प्राण प्रतिष्ठा कार्यक्रममा विदुरनगरपालिकाका मेयर राजन श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, नेपाली सेना, नेपाल प्रहरी, जनप्रतिनिधि, स्थानीय लगायतको सहभागिता थियो ।
विदुरनगरपालिका २ का वडाध्यक्ष दिपक कायस्थले बौद्धधर्मसंगै बुद्धप्रतिको आस्था बढ्दै गएको बताए ।
कार्यक्रममा विदुरनगरपालिकाका मेयर श्रेष्ठले महाचैत्यको निर्माणले धार्मिक तथा पर्यटन क्षेत्रको विकास हुने बताए ।
पुनर्निर्माण अभियानमा विदुरनगरपालिका, नुवाकोट युवा क्लब, नुवाकोट उद्योग वाणिज्य संघ, बज्राचार्य युवा क्लब काठमाडौं, चिभाः चैत्य अर्गनाइजेसन, पदमावती महाविहार नःबहाल ललितपुर, लाइन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ लगायत आवद्ध रहेका छन् ।
ताजा समाचार
लोकप्रिय
© 2025, All right reserved to Raja Times – News from Nepal
Site by: Trishuli Web
कुनै पनि प्रतिक्रिया पाईएन !