काठमाडौं– बझाङ केन्द्रविन्दु भएर मंगलबार भूकम्प गएको छ ।
दिउँसो २ बजेर ४० मिनेट जाँदा बझाङको तलकोट केन्द्रविन्दु भएर ५ दशमलव ३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
भूकम्पको धक्का सुदूरपश्चिम प्रदेशका तराईका जिल्लामा समेत महसुस भएको छ । भूकम्प कर्णाली, लुम्बिनी, गण्डकी र वाग्मती प्रदेश समेत धक्का महसुस भएको छ ।
भूकम्पबाट भएको क्ष्ँतिको कुनै विवरण आएको छैन ।
ताजा समाचार
लोकप्रिय
© 2026, All right reserved to Raja Times – News from Nepal
Site by: Trishuli Web












कुनै पनि प्रतिक्रिया पाईएन !