काठमाडौं–ट्रकको ठक्करबाट दुई बालकको मृत्यु भएपछि अवरुद्ध भएको पृथ्वी राजमार्ग तीन घंटापछि संचालनमा आएको छ ।

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार सिद्धलेक गाउँपालिका ६ का निर्मल श्रेष्ठ र सन्जीव श्रेष्ठको मृत्यु भएको हो । धादिङको गजुरी गाउँपालिका–२ मजुवामा काठमाडौंबाट चितवन तर्फ जाँदै गरेको प्रदेश ०२–००१ ख ६४१३ नम्बरको बाह्रचक्के ट्रकले ठक्कर दिंदा उनीहरुको मृत्यु भएपछि स्थानीय र परिवारजनले सडक अवरुद्ध गरेका थिए ।

उनीहरु बागेश्वरी माविमा कक्षा ८ मा अध्ययनरत विद्यार्थी थिए । उनीहरु बिहान विद्यालय जांदै थिए । मृतकको शव पोष्टमार्टमका लागि गजुरी अस्पताल पुर्याइएको छ ।

ट्रक चालक रौतहटको चन्द्रपुर नगरपालिका–२ का ४१ वर्षीय अशोक बमजनलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान थालेको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल