काठमाडौं– सुदुरपश्चिम क्ष्ँेत्र बझाङ, दार्चुला, बैतडी, बाजुरामा एकदर्जन भुकम्पले स्थानीयका घर र सरकारी भौतिक संरचना सहित दर्जनौ क्षति पुगेको छ भने एक बेपत्ता २० भन्दा बढी घाइते भएका छन् । भूकम्प नेपालमात्र नभई भारतको राजधानी दिल्लीमा समेत महसुश गरिएको छ ।
बझाङ जिल्ला केन्द्रबिन्दु भएर सानाठूला एकदर्जन भूकम्प गइसकेका छन् । मंगलबार दिउँसो २ बजेर ४० मिनेटमा ५ दशमलव ३ म्याग्निच्युडको भूकम्पपछि फेरी ३ बजेर ६ मिनेटमा ६ दशमलव ३ म्याग्निच्युडको भूकम्प गएको थियो
त्यसपछि केही समयको अन्तरालमा ४ म्याग्निच्युडको भूकम्प बुधबारसम्म पनि गइरहेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
ठूलो भूकम्पछि साना कम्पनहरु आइरहने केन्द्रले जनाएको छ । बझाङ भूकम्पबाट १ जना टिमुर टिप्न गएकी जयपृथ्वीनगरपालिका ११ ओखलगाउँकी गुनदेवी धामी पहिरोमा परेर बेपत्ता भएको त्यहाँका प्रहरी कार्यालयले जनाएका छन् ।
भूकम्पले सुख्खापहिरो गई अवरुद्ध जयपृथ्वी राजमार्ग खुलेको छैन । पराकम्प आइरहेकाले स्थानीय खुल्ला चौरमा बसिरहेका छन् ।
दार्चुलामा पनि भूकम्पले विद्यालय र वडाभवन क्षति पुगेको छ ।
त्यसैगरी बैतडीमा भूकम्पले २ जना घाइते भएका छन् भने त्यहाँ पनि स्थानीयतहका भवन, विद्यालय र स्थानीयका १ दर्जन घर क्षतिपुगेको बताइएको छ ।
बाजुरामा पनि स्थानीयतहका भवन, विद्यालय र स्थानीयका दर्जन घरमा क्षति पुगेको छ । त्यहाा मानवीय क्षतिको विवरण आउन बाँकी छ ।
भूगर्मविदुका अनुसार ५ सय वर्षपछि नेपालको सुदुरपश्चिम भूचाल आउन थालेको बताइएको छ ।
ताजा समाचार
लोकप्रिय
© 2025, All right reserved to Raja Times – News from Nepal
Site by: Trishuli Web
कुनै पनि प्रतिक्रिया पाईएन !