काठमाडौँ– यो वर्षको वडादशैंको टीकाको साइत कातिक ७ गते बिहान ११ बजेर २ मिनेटमा रहेको छ ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यो वर्षको दशैंको टीकाको साइत सार्वजनिक गरेको हो । समितिका अनुसार यो वर्षको बडादशैं अर्थात् दुर्गा पक्षको सुरुवात घटस्थापना असोज २८ गते आइतबार रहेको छ सोही दिनबाट नवरात्रआरम्भ हुनेछ ।
घटस्थापनाको साइट बिहान ११ बजेर २९ मिनेट रहेको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुंगेलले जनाएका छन् ।
घटस्थापनाका दिन चित्रा नक्षत्र र वैधृति योग परेकाले दुवैको शान्ति गरेर घटस्थापना गर्नु शास्त्रसम्मत् हुने देखिएको छ ।
कात्तिक ७ गते विजयादशमीका दिन बिहान १० बजेर ३७ बजे देवी विसर्जनको साइत रहेको छ । देवी विसर्जन गरिसकेपछि दुर्गाको प्रसाद ग्रहण गर्न दिनभर कुनै बाधा नभएको समितिले जनाएको छ ।
गएको साउनमा अधिकमास परेका कारण चाडपर्व पर धकेलिएका थिए । सोही कारण यो वर्ष असोज महिनाको अन्तिमसातादेखि बडादशैं सुरु हुन लागेको हो । कात्तिक ११ गते कोजाग्रत पूर्णिमा मनाएपछि बडादशै समापन हुने छ ।
ताजा समाचार
लोकप्रिय
© 2025, All right reserved to Raja Times – News from Nepal
Site by: Trishuli Web
कुनै पनि प्रतिक्रिया पाईएन !