काठमाडौं– नुवाकोट विदुरनगरपालिका २ बट्टारमा रहेको भीमसेन माविका छात्रछात्रालाई विद्यालय पोशाक प्रदान गरिएको छ ।

शुक्रबार उक्त विद्यालयमा अध्ययरत् विद्यार्थीलाई विदुरनगरपालिकाका मेयर राजन श्रेष्ठले एक कार्यक्रम बीच पोशाक प्रदान गरेका हुन् ।

मेयर श्रेष्ठले आफूले नगरबाट पाउने तलब भत्ता र उक्त स्कूलका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरजमान श्रेष्ठको निजी रकम सहित ३ लाख रुपैयाँ बराबरको पोशाक खरिद गरेर अध्ययरत छात्रछात्रालाई दिएका हुन् । विद्यालयमा कक्षा नर्सरीदेखि कक्षा १० सम्म २ सय ७८ जना विद्यार्थी अध्ययरत् छन् । भीमसेन मावि २०१७ सालमा स्थापना भएको विद्यालय हो ।

पोशाक वितरण कार्यक्रममा सोही वडाका वडाध्यक्ष दिपक कायस्थ, विद्यालय व्यवस्थापन समितिका सदस्य नारायण अधिकारी, नुवाकोट उद्योग बाणिज्य संघका महासचिव उपेन्द्र बुढाथोकी, नुवाकोट उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष शरण उत्सुक सापकोटाले शिक्ष्ाँ क्षेत्रमा भएका गतिविधि र विद्यालयको चर्चा गरेका थिए ।

एक वडा एक नमूना विद्यालय बनाइने बताउँदै मेयर श्रेष्ठले विद्यार्थी, शिक्षक, समितिका पदाधिकारी र अभिभावक सहितका चार पिलर मिलेर काम गरेमा छात्रछात्राले गुणस्तरीय शिक्षा पाउने बताए ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल