काठमाडौं –देवीघाट ज्येष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठानले ९१ वर्षदेखि १ सय १ उमेरका जेष्ठ नागरिकलाई सम्मान गरेको छ ।

३३ औं अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरमा दोसल्ला र सम्मानपत्र सहित विदुरनगरपालिकाका मेयर राजन श्रेष्ठ र प्रतिष्ठानका अध्यक्ष्ँ विष्णुप्रसाद नेपालले संयुक्तरुपमा सम्मान गरेका थिए । जेष्ठ नागरिकका लागि मानव अधिकारको विश्वव्यापी घोषणाको वाचा पूरा गरौं, भन्ने नाराका साथ सोमबार प्रतिष्ठानले ९१ वर्षदेखिमाथि उमेर समूहका ७ जना जेष्ठ नागरिकलाई सम्मान र निःशुल्क स्वास्थ्य परीक्ष्ँण गरिएको थियो ।

उनीहरु मात्र नभई अन्य जेष्ठ नागरिकलाई पनि निःशुल्क ज्येष्ठ नागरिक स्वास्थ्य शिविरमार्फत २ सय जनालेले स्वास्थ्य लाभ लिएका थिए । उनीहरुलाई त्रिशूली अस्पताल र जेराइट्रिक सोसाइटीका चिकित्सकले निःशुल्क उपचार गरेका थिए । सम्मान कार्यक्रममा बोल्दै विदुनरगरपालिकाका मेयर श्रेष्ठले जेष्ठ नागरिक भगवानतुल्य भएकाले सबैले सम्मान र मर्यादा गर्नुपर्ने बताए । उनले प्रतिष्ठानको सहयोगका लागि आईसोलेसन कोठा, प्रतिष्ठान कम्पाउण्डको अगाडि वहुउद्देशिय उपयोगको लागि सटर निकाल्न भवन बनाउन विदुरनगरपालिकाले यही आर्थिक वर्षभित्रमा डिपिआर तयार गर्दिने पूर्णप्रतिव्दता जनाएका छन् ।

जेष्ठ नागरिक दिवसको अवसरमा प्रतिष्ठानको अक्ष्ययकोष स्थापनाका लागि बेलकोटगढी नगरपालिकाका उपमेयर शिव दाहालल आफ्ना स्वर्गीय पिता नेत्रप्रसाद दाहाल ( नारायण) को स्मृतिमा अक्ष्यय कोष रहने गरी ५० हजार रुपैयाँ हस्तान्तरण गरेका थिए । उपमेयर दाहालले कोषका लागि थप रकम सहयोग प्रदान गर्दै जाने बताए । निशुल्क स्वास्थ्य शिविरमा निःशुल्क औषधी वितरण समेत गरिएको थियो ।


उक्त कार्यक्रममा वटुकहरुद्वारा स्वष्तिवाचन गर्दै पानसमा बत्ति बालेर मेयर श्रेष्ठले कार्यक्रमको उद्घाटन गरेका थिए । प्रतिष्ठानलाई निरन्तर सहयोग गर्ने विदुर र वेलकोटगढी नगरपालिका, तादी, दुप्चेश्वर, पञ्चकन्या, शिवपुरी, लिखु, किस्पाङ, म्यागङ र सूर्यगढीगाउपालिकाहरु, मेरो माइक्रो फाइनान्स लघुवित्तलाई सम्मानपत्रव्दारा सम्मान गरिएको थियो । ज्येष्ठ नागरिक मानव सेवा अश्रम सञ्चालन गर्न आजीवन सदस्य बनेकालाई आजीवन सदस्यता सम्मानपत्र वितरण गरिएको थियो ।

ज्येष्ठ नागरिकको उपचारमा निरन्तर संलग्न त्रिशूली अस्पताल, जिल्ला आयुर्वेद अस्पताल र जेराइटिक सोसाइटी काठमाडौंलाई मेयर श्रेष्ठले सम्मान गरेका थिए ।
उक्त कार्यक्रममा प्रतिष्ठान कार्यसमिति सदस्य वाशुदेव उपाध्याय नेपालद्वारा सम्पादन र संकलित “नित्य तर्पण तीर्थ श्राद्द श्रवणी स्नान विधयः“ नामक पुस्तक मेयर श्रेष्ठ विमोचन गरेका थिए । उक्त पुस्तक वारेमा सम्पादक एवं संकलक नेपालले प्रकास परेका थिए ।
कार्यक्रममा बिदुरनगरपालिकाका मेयर श्रेष्ठ, नेपाली कांग्रेसका उपसभापति राजु थापा, राप्रपाका शिव अधिकारी, प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, नेकाकी गिता अमात्य, ज्येष्ठ नागरिक विज्ञ( जेराइटिक) का डा.प्रतीक न्यौपाने, एमालेका नवीन प्रधान, नागरिक समाजका अध्यक्ष बद्री त्रिपाटी, प्रतिष्ठानका वरिष्ठसदस्य ठाकुर गजुरेल, प्रतिष्ठानका सचिव हेमप्रसाद अधिकारी, कोषाध्यक्ष विन्दा अर्यालले प्रतिष्ठानको वारेमा चर्चा गरेका थिए ।
कार्यक्रम संचालन प्रतिष्ठानका सहसचिव रामहरि गजुरेलले गरेका थिए ।

प्रतिष्ठानले विभिन्न दाताबाट प्राप्त सहयोगले ४० जना जेष्ठ नागरिकको पालनपोषण भैरहेको छ । जेष्ठ नागरिकप्रति सम्मान नै आमाबुवाप्रति गरिएको सम्मान सहर भएको प्रतिष्ठानका अध्यक्ष नेपालले बताए ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल