काठमाडौँ–अफगानिस्तानमा शक्तिशाली भूकम्प जांदा सयौं मानिसको मृत्यु भएको बताइएको छ । इरानको सीमानजिकै रहेको पश्चिमभेगमा ६ दशमलव ३ म्याग्निच्युडको भूकम्प भुकम्प भएको त्यहाँका संचार माध्यमले जनाएका छन् । त्यहाँको स्थानीय समय अनुसार बिहान ११ बजे पश्चिमी सहर हेरातबाट ४० किलोमिटर टाढा भूकम्प गएको हो । भूकम्पका कारण धेरै भवनहरू क्षतिग्रस्त भएको र स्थानीयहरु भग्नावशेषमा फसेको बताइएको छ । हेरात प्रान्तीय अस्पतालको भनाई उध्रित गर्दै त्यहाँका समाचार एजेन्सीले साढे २ सय जनाको मृत्यु भएको र ५ सय जना घाइते भएको बताइएका छन् ।
साभारः विभिन्न एजेन्सीबाट
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to Raja Times – News from Nepal
Site by: Trishuli Web
कुनै पनि प्रतिक्रिया पाईएन !