काठमाडौँ–इजरायलको द्वन्द्वग्रस्त क्षेत्र सेदोत नेगेभको किवुज अलुमिनमा प्यालेस्टिनी विद्रोही समूह हमासको आक्रमणमा परेर १० जना नेपाली मारिएको पुष्टि भएको छ ।

मृत्यु हुनेमा घोडाघोडी–४ कैलालीका नारायणप्रसाद न्यौपाने, जयपृथ्वी–६ बझाङका गणेशकुमार नेपाली, बौनिया –३ कैलालीका आषिश चौधरी, लेकाम–५ दार्चुलाका दिपेशराज विष्ट, सपही–६ धनुषाका आनन्द साह, मधुवन–१ सुनसरीका राजेशकुमार स्वर्णकार, पचनली–३ डोटीका राजन फुलारा, लामीखाल–८ डोटीका पदम थापा, शारदा–३ सल्यानका प्रवेश भण्डारी, मालिकार्जुन–४ दार्चुलाका लोकेन्द्रसिंह धामी रहेका छन् ।


गोडामा चोट लागेर अस्पताल भर्ना भई उपचार गराइरहेका शारदा –२ सल्यानका विधान सेजुवाल र दानगिशरण–३ दाङका प्रवीण डा“गी छन् । त्यसैगरी टिकापुर–९ कैलालीका धनबहादुर चौधरी र गोरखा–८ गोरखाका हिमाञ्चल कट्टेल अस्पतालमा रहेका छन् । त्यसैगरी त्रिवेणी–१ सल्यानका प्रमोद केसी र भजनीत्रिशक्ति–४ कैलालीका वीरेन्द्र चौधरी सकुशल र सुरक्षित अवस्थामा छन् भने भीमदत्त–३ कञ्चनपुरका विपिन जोशी सम्पर्कविहिन छन् ।

उक्त क्षेत्रमा कृषि सम्बन्धी अध्ययन गर्न १७ जना गएका थिए । शनिबार बिहान ६ र ७ बजेको समयमा रकेट आक्रमण सहित हमासका लडाकुहरुले अन्धधुन्ध गोली हानेको बताइएको छ ।

गत भदौ १८ र १९ गते प्रयोगात्मक सिकाइका लागि ११ महिनाको ‘अर्न एन्ड लर्न प्रोग्राम’ का लागि सेदोत नेगेभ क्षेत्रमा ४९ नेपाली विद्यार्थीहरु सहभागी रहेकोमा ११ जना छात्रा थिए । ४९ जनालाई ६ वटा समूहमा बिभाजन गरी अलग–अलग कृषि फार्ममा पठाइएकोमा ३२ जना विद्यार्थीहरु भने बिभिन्न कृषि फार्ममा रहेको वंकरमा सुरक्षित रहेको बताइएको छ । उनी सुदूरपश्चिम विश्वविद्यालयको कृषि संकायका आठौं सेमेस्टरमा अध्ययरत विद्यार्थी हुन् । आक्रमणमा फसेका उनीहरु उद्धारको प्रतीक्षामा छन् ।

इजरायलमा २५० जना कृषि सम्बन्धि विद्यार्थीसहित ४५ सय जना नेपाली इजरायलमा छन् ।

हमासले गरेको आक्रमणमा मारिने संख्या ६ सयभन्दा बढी
इजरायल सरकारले शनिबार प्यालेस्टिनी विद्रोही समूह हमासको आक्रमणमा परेर मारिनेको संख्या ६ सय भन्दा बढी रहेको जनाएको छ । त्यसमध्ये ४४ इजरायली सैनिक छन् । हमासले एकै पटक छुटाछुटै स्थानमा योजनाबद्ध तरिकाले आक्रमण गर्दा २ हजारभन्दा बढी घाइते भएको त्यहाँका सरकारी संचारमाध्यमले जनाएका छन् ।

त्यसैगरी १ सयभन्दा बढीलाई बन्धक बनाएको बताइएको छ । त्यसैगरी प्यालेस्टायनी स्वास्थ्य मन्त्रालयले जनाए अनुसार इजरायलले प्यालेस्टिन भूभाग गाजामा क्ष्ँेत्रमा गरेको आक्रमणमा ३ सय ७० जना मृत्यु भएको जनाएको छ भने २२ सय जनाको घाइते भएको बताइएको छ ।

इजरायली प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले शत्रुले महँगो मूल्य चुकाउनु पर्ने बताएका छन् ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल