काठमाडौँ — २०८० सालको वडादशैं अर्थात् नवरात्र सुरु भएको छ । नवरात्रको पहिलो दिन आइतबार घर–घर र कोतघरमा घटस्थापना गरिएको छ । आश्विन शुक्ल प्रतिपदादेखि बडा दसैं सुरु भएको मानिन्छ ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आइतबार बिहान ११ बजेर २९ मिनेटको साइतमा घटस्थापना गरिनु उत्तम रहेकोे जनाएको छ ।

यस दिन चित्रा नक्षत्र र वैधृति योग परेकाले घटस्थापना गर्नु अगाडि चित्रा नक्षत्र र वैधृति योगको शान्ति गरी घटस्थापना गर्नु शास्त्रसम्मत देखिने समितिले जनाएको छ ।

बडा दसैं आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धूमधामका साथ मनाइन्छ । बडा दसैंको पहिलो दिन आइतबार घरका पूजा कोठा र दसैं घरमा विधिपूर्वक दियो, कलश एवं गणेश स्थापनासहित घटस्थापना गरिएको छ । पूजा कोठा वा दसैं घरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आव्हान गरी पूजा आरम्भ हुन्छ । आइत्बार बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दसैं घरमा विधिपूर्पक राखेर त्यसमाथि यव अर्थात् जौ रोपिन्छ । यस कार्यलाई जमरा राख्ने भनिन्छ । यव अङ्कुर दुर्गा देवीको प्रिय वस्तु भएकाले आइतबार(आज) यव रोपण गरी दुर्गालाई चढाएर विजयादशमीको दिन टीका प्रसाद समृद्धिको प्रतीक पहेंलो जमरा लगाइन्छ ।
साभारः रासस

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल