काठमाडौं– लुम्बिनी प्रदेश पाल्पाको रानीमहल जाँदै गरेको वाग्मती प्रदेशको ७२०९ नम्बरको जिप बैकुन्ठे भीरबाट बराङदी खोलामा खस्दा ६ जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
पाल्पा जिल्ला प्रहरी कार्यालयका अनुसार ६ जनाको मृत्यु भएको र जिपका चालक घाइते भएको जनाएको छ । दुर्घटनामा मृत्यु हुनेमा ३ महिला, २ बालक र १ पुरुष रहेका छन् ।
जिप बैकुण्ठ भीरबाट १ सय मिटर भन्दा लामो छाँगो रहेको र उद्दारमा कठिनाई भएको प्रहरीले जनाएको छ । दुर्घटनास्थल सदरमुकाम पाल्पा तानसेनदेखि ११ किलोमिटर टाढा दुरीमा रहेको छ ।
पाल्पा तानसेनदेखि १३ किलोमिटर टाढा रहेको रानीमहलसम्म लुम्बिनी प्रदेश सरकारको सहयोगमा गतवर्ष कालोपत्रे सकिएको हो ।
ताजा समाचार
लोकप्रिय
© 2025, All right reserved to Raja Times – News from Nepal
Site by: Trishuli Web
कुनै पनि प्रतिक्रिया पाईएन !