काठमाडौँ–दशैंको अवसरमा सर्वसाधारणलाई टीका लगाइैंदिंदै राजा ज्ञानेन्द्र शाहले देशमा भइरहेको गतिविधिबाट पाठ सिकेर अघि बढ्न सुझाव दिएका छन् ।

मंगलवार महाराजगञ्जस्थित निर्मल निवासमा नेपालीहरुको महान चाड विजयादशमीको अवसरमा सर्वसाधारणलाई टीका लगाउनु अघि त्यसो भन्नु भएको हो ।

व्यंग्यात्मक रुपमा देशमा भइरहेका गतिविधिप्रति लक्षित गर्दै छिनछिनमा भुइँचालो गइरहेकाले विचार गरेर बस्न सबैलाई आग्रह गरेका छन् । दशैंको टीका लगाउने क्रममा सम्पूर्ण दाजुभाई दिदीबहिनीलाई शुभकामना दिंदै,‘धेरै भन्नुपनि हुँदैन, सप्तमीको दिनमा भनेको छु । हामीले पाठ पनि सिक्नुपर्नेछ । छिनछिनमा भुइँचालो पनि आइरहेको छ । विचार गर्नुस्,’ राजाले आफ्नो भनाई व्यक्त गर्नु भो ।

मंगलबार अपरान्ह पौने चार बजेबाट सर्वसाधारणलाई दशैंको टीका लगाइदिएका थिए ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल