काठमाडौं –डिजेल र मट्टितेलमा प्रतिलिटर ४ रुपैयाँ मूल्य घटाइएको छ ।

मंगलबार नेपाल आयल निगमले विज्ञप्ति जारी गर्दै बुधबार बिहान १२ बजेर १ मिनेटदेखि लागू हुने गरी डिजेल र मट्टितेलको भाउ प्रतिलिटर ४ रुपैयाँले घटाएको हो ।

स्वचालित प्रणालीअनुसार मूल्य समायोजन गरिएको निगमले जनाएको छ । अब काठमाडौं उपत्यकामा डिजेल र मट्टितेल प्रतिलिटर १६४ रुपैयाँ पर्ने छ । यसअघि काठमाडौं उपत्यका, पोखरा र दिपायलमा डिजेल र मट्टितेल प्रतिलिटर १६८ रुपैयाँ थियो ।

निगमले पेट्रोल र एलपी ग्यासको मूल्य भने यथावत रहेको जनाएको छ ।

निगमले असोज २८ गते पेट्रोलको मूल्य लिटरमै ११ रुपैयाँ घटाएको थियो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल