काठमाडौँ–काठमाडौँले माइतीघर मण्डलादेखि नयाँ बानेश्वर चोकसम्मको सडक क्षेत्रलाई निषेधित क्षेत्रका घोषणा गरेको छ ।
काठमाडौँका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले सोमबारदेखि लागु हुनेगरी ३० दिनका लागि सो क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएको जिल्ला प्रशासन कार्यालयव्दारा जारी विज्ञप्तिमा उल्लेख छ ।
यही मंसिर ७ को बिहिबार मेडिकल व्यवसायी दुर्गा प्रसाईँले र नेकपा एमाले निकट युवा संघले एकदिन माइतीघरमण्डलामा विरोध कार्यक्रम राखेपछि संभावित झडप हुने भएपछि स्थानीय प्रशासनले निषेधको आदेश दिएको हो ।
स्थानीय प्रशासनले स्थानीय प्रशासन ऐन २०२८ अनुसार सो क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएको र सो क्षेत्रमा ३० दिनसम्म ५ जनाभन्दा बढी भेला हुन जुलुस र प्रदर्शन गर्न रोक लगाएको छ ।
निषेधित क्षेत्रमा पद्यमोदयमोडदेखि सिंहदरबार पश्चिम गेट, सर्वोच्च अदालत हुँदै माइतीघर मण्डलाको चारैतिर तथा बबरमहल, बिजुलीबजार र नयाँ बानेश्वरचोकसम्मलाई निषेधित क्षेत्र तोकिएको छ । यता युवा संघले काठमाडौं तिनकुनेमा कार्यक्रम गर्ने भएको छ ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to Raja Times – News from Nepal
Site by: Trishuli Web
कुनै पनि प्रतिक्रिया पाईएन !