काठमाडौं – १२ औं राष्ट्रिय कर दिवस २०८० का अवसरमा सञ्चालित कर सप्ताह सम्पन्न भएको छ ।

कर सप्ताहको समापन बिहिबार करदाता सेवा कार्यालय गल्छीले नुवाकोट र धादिङका आठ उत्कृष्ट करदातालाई सम्मान गरेको छ ।

धादिङ गल्छी गाउँपालिकाका अध्यक्ष केदार खतिवडाले कर सप्ताह समापन कार्यक्रममा विभिन्न क्षेत्रका उत्कृष्ट करदातालाई सम्मान गरेका छन् ।

“स्वच्छ, पारदर्शी र प्रविधिमैत्री कर प्रशासन, सामाजिक न्याय, आर्थिक समृद्धि र सुशासन” भन्ने मूल नाराका साथ यो वर्षको कर दिवसको अवसरमा आर्थिक वर्ष ०७९÷८० मा उद्योग, व्यापार, शैक्षिक र वित्तीय क्षेत्रका सबैभन्दा बढी आयकर दाखिला गर्ने करदाता संस्थालाई सम्मान गरिएको कार्यालयका प्रमुख शिखा वाग्लेले जनाइन् ।

सम्मानित हुनेमा नुवाकोटका उद्योगतर्फ हाम्रो अक्सिजन प्रालि ककनी, व्यापारतर्फ स्पीड अटो इन्टरप्राइजेज्, शैक्षिकतर्फ अर्किड एकेडेमी र वित्तीयतर्फ दुईपिपल महिला साना किसान कृषि सहकारी संस्था लिमिटेड रहेका छन् ।

त्यसैगरी धादिङका उद्योगतर्फ आरआर फर्म प्रालि, व्यापारतर्फ विके इन्टरप्राइजेज्, शैक्षिकतर्फ चिल्ड्रेन पार्क एकेडेमी र वित्तीयतर्फ भैरवी बचत तथा ऋण सहकारी संस्था लिमिटेड सम्मानित भएका थिए ।

उक्त समापन कार्यक्रममा कार्यालयमा कार्यरत् कर्मचारी पुरुषोत्तम खतिवडालाई उत्कृष्ट कर्मचारीका रुपमा पुरस्कृत गरिएको थियो ।

कर दिवसमा कार्यालयले गल्छी गाउँपालिकामा प्रभातफेरी र धुनेबेंसी नगरपालिकामा कर शिक्षा कार्यक्रम गरिएको कार्यालयले जनाएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल