काठमाडौं–नुवाकोट विदुरनगरपालिका ५ देवीघाटमा शंख ध्वनि(बजाउने) प्रतियोगिता सम्पन्न भएको छ ।


प्रतियोगितामा धादिङ गल्छी गाउँपालिका ७ का सन्तोष सुवेदी प्रथम, नुवाकोट शिवपुरी गाउँपालिका ७ सुनखानीका रविन्द्रप्रसाद पाण्डे द्वितीय र सुरज प्याकुरेल तृतीय भएका थिए ।

त्यसैगरी विदुरनगरपालिकाकी सिर्जना मुडभरीले सान्त्वना स्थान प्राप्त गरिन् भने शहिद जगत प्रकाशजंग शाह संस्कृत माविमा अध्ययनरत छात्र अग्रिम न्यौपानेले पनि सान्त्वना पुरस्कार पाएका थिए ।

प्रतियोगितामा ९ देखि ८२ उमेर समूहका सहभागी थिए । प्रतियोगितामा १ महिला र ५७ पुरुषले शंख बजाएका थिए । उक्त प्रतियोगिता नुवाकोटको पहिलो सामुदायिक रेडियो नुवाकोट एफएमले बुधबार आयोजना गरेको हो ।


सनातन हिन्दु धर्मका विभिन्न संस्कारमा नभई नहुने शंखको संरक्षण र सम्बद्र्धन तथा संस्कृतिको जगर्ना गर्न बागमती प्रदेशका

नुवाकोट, रसुवा र धादिङ गरी खुल्ला शंख बजाउने प्रतियोगिता गरिएको आयोजकले जनाएका छन् ।


प्रतियोगितामा प्रथम, द्वितीय र तृतीयले क्रमशः १० हजार, ७ हजार र ५ हजार रुपैयाँ नगदसहित सम्मान र मायाको चिनो प्रदान गरिएको नुवाकोट एफएमका स्टेसनमेनेजर श्रीराम अधिकारीले बताए । त्यसैगरी सान्त्वनाले ३ हजार रुपैयाँ, मायाको चिनो र प्रमाण–पत्र समेत प्रदान गरिएको थियो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल