काठमाडौं – घरेलु तथा साना उद्योग कार्यालय नुवाकोटले दुई उद्यमीलाई सम्मान गरेको छ ।

शुक्रबार ‘स्वदेशी उत्पादन अभियानः उद्यमीको सम्मान’ भन्ने नाराका साथ नवौं उद्योग दिवसमा घरेलु कार्यालय नुवाकोटले विदुरनगरपालिका–५ गंगटेमा संचालित दुवाल ब्रदर्शका सुदर्शन दुवाल र म्यागङगाउँपालिका–२ बुङताङमा संचालित सानु कर्लेरी कृषि फर्मकी उर्जी तामाङलाई सम्मान गरिएको छ ।

उनीहरुलाइ प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले दोसल्ला ओडाएर कदरपत्रले सम्मान गरेका छन् ।

नुवाकोट उद्योग वाणिज्य संघ, नेपाल घरेलु तथा साना उद्योग महासंघ र जिल्ला लघु उद्यमी संघ नुवाकोटको सिफारिसलाई छनौट गरी उद्योग दिवसमा उद्यमी सम्मान गरिएको कार्यालय प्रमुख किशोर सापकोटाले बताए ।

प्रजिअ पौडेलले स्वदेशी उत्पादनलाई प्रोत्साहित गर्दै उपभोग गर्नुपर्ने बताए ।

कार्यालय परिसरमा जिल्लामा उत्पादित सामाग्रीहरु ढाकाका टोपी, ढाकाका गलबन्दी, बुताङको सुन्तला, स्ट्रबेरी, ठूलापात गरेको रायोको साग, स्थानीय रुपमा उत्पादित अचार, स्थानीयतवरमा बनाएका पुतली, जुत्ता, उनका वस्तु, सिस्नुको धुलो, खाद्यपदार्थहरु प्रदर्शनीमा राखिएको थियो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल