काठमाडौं–बर्दियाको गुलरिया–४ स्थित तुलापुरको एक घरमा आगलागी हुँदा चार जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार चार जनाको शव निकाल्न लागिएके र एक जना घाइतेको उपचारका लागि अस्पताल लगिएको छ ।
आगलागीमा परेर मृत्यु हुनेमा १८ महिनाका कार्तिक चन्द, वर्ष ७ का कृष चन्द, वर्ष १० वर्ष मानसिं बुढा र वर्ष ३२ की राधा बुढा छन् । वर्ष २८ की करिष्मा चन्दलाई उपचारका लागि अस्पताल लगिएको प्रहरीले जनाएको छ ।
टाइल लगाएको घरमा गएराति १० बजे आगलागी भएको र आगलागी कारण खुल्न सकेको छैन भने क्ष्ँतिको विवरण समेत आउन बाँकी छ । आगलागीबारे प्रहरी अनुसन्धान भैरहेको छ ।
ताजा समाचार
लोकप्रिय
© 2025, All right reserved to Raja Times – News from Nepal
Site by: Trishuli Web
कुनै पनि प्रतिक्रिया पाईएन !