काठमाडौं– झापाको बिर्तामोड १ पंचकन्यामा रहेको इकम कलेजमा निर्मित राष्ट्र निर्माता पृथ्वीनारायण शाहको सालिक अनावरण गरिएको छ ।
शनिबार राजा ज्ञानेन्द्र शाहले एक कार्यक्रमका बीच सालिक अनावरण गरेका हुन् । उक्त कार्यक्रमका लागि राजा शाह शुक्रबार मेची क्राउन प्लाजा गएका थिए । राजा शाहलाई उक्त होटलदेखि कार्यक्रमस्थलसम्म हजारौं मोटरसाइकलले स्कर्टिङ गरेर कार्यक्रमस्थल ल्याइएको थियो । कार्यक्रमस्थलमा उहाँ आइपुग्दा राप्रपाका कार्यकर्ता तथा राजावादीहरूले राजतन्त्र पक्षमा नारा लगाएका थिए । उहाँको स्वागतका लागि ठूलो संख्यामा सर्बसाधारण भीड लागेको थियो । राजा शाहलाई कार्यक्रमस्थलसम्म पुग्न दुई घण्टा समय लागेको थियो । राजाले कार्यक्रममा कुनै प्रतिक्रिया जनाएन्न् । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो जिल्लामा राजाको उपस्थितिले रुपमा समेत लिएको जनाएका छन् ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to Raja Times – News from Nepal
Site by: Trishuli Web
कुनै पनि प्रतिक्रिया पाईएन !