काठमाडौं–स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)को प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा भीमप्रसाद गौतम नियुक्त भएका छन् ।


ऊर्जा उत्पादकहरूको छाता संस्था इप्पानले गौतमलाई बुधबार ३ वर्षका लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।
इप्पानका अध्यक्ष गणेश कार्कीले गौतमलाई प्रमुख कार्यकारी अधिकृतको रुपमा स्वागत गर्दै उनको कार्यकालमा इप्पानले नयाँ उचाई हासिल गर्ने विश्वास व्यक्त गरेका थिए ।


इप्पानका नवनियुक्त प्रमुख कार्यकारी गौतमले संस्थालाई नयाँ उचाई दिन सक्दो योगदान गर्ने बताए ।
काभ्रेपलाञ्चोकका गौतम २ दशक लामो पत्रकारिताको अनुभव छ । उनी १५ वर्षदेखि ऊर्जा, पूर्वाधार लगायत विविध क्षेत्रमा कलम चलाउँदै आएका छन् ।


नेपाल आर्थिक पत्रकार समाज (सेजन) का पूर्व अध्यक्षसमेत रहेका गौतमले राजधानी दैनिक, सौर्य दैनिक, रेडियो नेपाल, इमेज च्यानल, नेपाल वान च्यानल, कारोबार दैनिक हुँदै पछिल्लो समय नेपाल पूर्वाधार डट कममा सम्पादकीय नेतृत्व समालेका थिए । त्रिविबाट पत्रकारिता विषयमा एमफिल गरेका छन् ।


देशका ४५० भन्दा बढी ऊर्जा उत्पादकहरू आवद्ध रहेको इप्पान ऊर्जा उद्यमीहरुको साझा संस्था हो ।

इप्पानमा आवद्ध संस्थामध्ये १६३ आयोजनाबाट १ हजार ७०० मेगावाट विद्युत उत्पादन हुनुका साथै ३ हजार २०० मेगावाट क्षमताका १३६ आयोजनाहरू निर्माणाधिन र ३ हजार ५०० मेगावाट क्षमताका १२६ आयोजनाहरू निर्माणमा जाने तयारीमा छन् । क्षेत्रगत लगानीका हिसाबले सबैभन्दा धेरै लगानी भएको ऊर्जा क्षेत्रमा नेपालको निजी क्षेत्रबाट १३ खर्ब रूपैयाँ लगानी भइसकेको छ ।
साभारः सेतोपाटी

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल