काठमाडौं–रुस–युक्रेन युद्धमा तीनजनाको मृत्यु भएको बताइएको छ ।

रुसको मस्कोमा रहेको नेपाली दूतावासले गएको ८ गते नेपालस्थित कन्सुलर सेवा विभागलाई पत्राचार गरेर तीन नेपालीको मृत्यु भएको जानकारी गराएको हो ।

दूतावासका अनुसार मृत्यु हुनेमा पुतलीबजार नगरपालिका–५ स्याङजाका प्रितम कार्की, मेलुङगाउँपालिका–६ का दोलखाका राजकुमार रोक्का र नगरपालिका–९ इलामका गंगाराज मोक्तान छन् ।

उनीहरु रूसी सेनामा कार्यरत रहेर रुस–युक्रेन युद्धमा लडेका बताइएको छ । उनीहरुको गत कात्तिक २९ गते मृत्यु भएको दूतावासले कन्सुलर सेवा विभागमा पठाएको पत्रमा उल्लेख गरिएको छ । मस्कोस्थित नेपाली दूतावासले कन्सुलरलाई पठाएको पत्रमा भनिएको छ, ‘प्रस्तुत विषयमा तपसिल नेपाली नागरिकको रूसी सेनामा कार्यरत रहेको अवस्थामा मृत्यु भएको जानकारीसहित रूसी सेनाको अधिकारीबाट टेलिग्राममार्फत् मेडिकल डेथ सर्टिफिकेट प्राप्त भएको छ । मृतकहरुको शव व्यवस्थापनलगायत कार्यमा परिवारसँग समन्वय गर्नुपर्ने छ । शवको यथाशीघ्र व्यवस्थापनका लागि निजहरूको परिवार र राजदूतावासबीच सम्पर्क स्थापनाका लागि सहजीकरण गरिदिनसमेत निर्देशनअनुसार अनुरोध छ ।’


रूसको भाडाको सेना भएर रुस–युक्रेन युद्धमा सामेल भएका मेलुङ गाउँपालिका–६ का राजकुमार रोका पूर्वप्रहरी भएको र उनी ७ वर्ष प्रहरी सेवामा थिए । रोका गत असोजमा मात्रै रूस गएका थिए ।

अर्का पुतलीबजार नगरपालिका–५ पौवेगौडे स्याङजाका प्रितम कार्की नेपाली सेनाका निवृत्त सैनिक थिए । मृतक कार्कीले दसैंअघि मात्रै रुस पुगेका थिए ।

इलाम नगरपालिका–९ का ३२ वर्षीय गंगाराज मोक्तान ४ वर्षदेखि दुबईमा काम गर्थे र एक महिनाअघि रुस गएका थिए ।

तस्बिर साभारः एजेन्सी

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल