काठमाडौं–साहित्य संगम नुवाकोटको आगामी पुस दोस्रोसाता साहित्य, पर्यटन तथा साहित्यिक महोत्सव गर्ने भएको छ ।
आयोजक साहित्य संगम नुवाकोटका अनुसार आगामी पुस १४ र १५ गते नुवाकोट सदरमुकाम बिदुरमा उक्त कार्यक्रम गर्न लागिएको संस्थाका अध्यक्ष सुमित्रा सुमिले जनाइन् । देशका सातै वटै प्रदेशका साहित्यकारहरूको उक्त कार्यक्रम सहभागी हुने बताइएको छ ।
कार्यक्रमको पहिलो दिन लाखे नाँच, खैजेडीभजन तथा पञ्चे बाजा सहितको झाँकीले बिदुर परिक्रमा गर्ने, काव्य तथा विचार गोष्ठी, जनप्रतिनिधिको धारणा लगायत साँझ गजलको प्रस्तुति हुने आयोजकले जनाएका छन् ।
कार्यक्रमको समापनको दिन आगन्तुक साहित्यकारहरुलाई नुवाकोटका विभिन्न पर्यटकीयस्थलको भ्रमण गराई मायाको चिनो प्रदान गरिने छ ।
पर्यटन तथा सहकारी मन्त्रालय बागमती प्रदेशको सहकार्यमा आयोजना गर्न लागिएको कार्यक्रममा स्थानीय तहको सहयोगको अपेक्षा समेत गरिएको आयोजकले जनाएका छन् ।
ताजा समाचार
लोकप्रिय
© 2025, All right reserved to Raja Times – News from Nepal
Site by: Trishuli Web
कुनै पनि प्रतिक्रिया पाईएन !