काठमाडौं– सरकारले पेट्रोलियम पदार्थको भाउ घटाएको छ ।
बिहिबार नेपाल आयल निगमले विज्ञप्ति जारी गर्दै शुक्रबार बिहान १ बजेबाट लागू हुने गरी पेट्रोल र डिजेल, मट्टीतेलको भाउ घटाएको हो । प्रतिलिटर पेट्रोलमा २ रुपैयाँ र डिजेल तथा मट्टीतेलमा ४ रुपैयाँ घटाएको जनाएको छ ।
भारतीय आयल कर्पोरेसन (आइओसी) ले पठाएको मूल्यसूची अनुसार निगमले नयाँ भाउ तोकेको हो । निगमका अनुसार आइओसीले पेट्रोलमा प्रतिलिटर २ रूपैयाँ १२ पैसा र डिजेलमा चार रूपैयाँ ०९ पैसा घटाएर नयाँ मूल्य सूची पठाएको थियो ।
त्यसैगरी खाना पकाउने ग्यासमा २१ रूपैयाँ १४ पैसा बढाएर पठाए पनि त्यसको भाउ यथावत राखेको छ । निगमले तय गरेको नयाँ मूल्य देशभरका विभिन्न ठाउँहरुलाई तीनवर्गमा विभाजन गरेर लागू हुने जनाएको छ ।
पहिलो वर्गमा चारआली, विराटनगर, वीरगन्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढी क्षेत्रमा पेट्रोलको मूल्य १६७ रुपैयाँ ५० पैसा प्रतिलिटर पर्नेछ भने डिजेल र मट्टीतेल १५७ रूपैयाँ ५० पैसा पर्नेछ ।
दोस्रो वर्गमा सुर्खेत र दाङ क्षेत्रमा अब पेट्रोलको मूल्य १६९ रूपैयाँ प्रतिलिटर पर्नेछ भने डिजेल र मट्टीतेल १५९ रूपैयाँ पर्नेछ ।
तेस्रो वर्गमा काठमाडौं, पोखरा र दिपायल क्षेत्रमा अब पेट्रोलको मूल्य १७० रूपैयाँ प्रतिलिटर पर्नेछ भने डिजेल र मट्टीतेल १६० रूपैयाँ पर्नेछ ।
त्यसैगरी ग्यासमा प्रतिसिलिन्डर ३ सय रुपैयाँ घाटा भए पनि मूल्य यथावत राखेर १८ सय ९५ रूपैयाँ कामय छ ।
निगमले अन्तर्राष्ट्रिय बजारबाट कच्चा तेल खरिद नगर्ने हुनाले आइओसीबाट आफूलाई चाहिने सबै किसिमका प्रशोधित पेट्रोलियम पदार्थ खरिद गर्ने गरेको छ । यसरी पेट्रोलियम किनेबापत् आइओसीले हरेक महिना १५÷१५ दिनमा निगमलाई मूल्य पठाउँछ ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to Raja Times – News from Nepal
Site by: Trishuli Web
कुनै पनि प्रतिक्रिया पाईएन !