काठमाडौं–भारतीय निर्वाचन आयोगका अनुसार मध्य प्रदेश, राजस्थान र छत्तीसगढमा भाजपा विजयी भएको छ ।
भारतको विधानसभा निर्वाचनमा भारतीय जनता पार्टी (भाजपा) ले तीन प्रदेशमा जितेको छ । मध्य प्रदेशमा कुल २३० सिटमध्ये भाजपाले १६४ सिट जितेको छ भने भारतीय कंग्रेस–आईले ६५ सिट मात्र जितेको छ ।
त्यसैगरी राजस्थानमा कुल २१५ सिटमध्ये भाजपाले ११५ र कंग्रेस–आईले ६९ सिट जितेको छ ।
छत्तीसगढमा कुल ९० सिटमध्ये भाजपाले ५७ र कंग्रेस–आईले ३२ सिट जितेको छ । भाजपाले यी तीन प्रदेशमा जित हासिल गरेसँगै कंग्रेस–आईलाई धक्का लागेको छ ।
सन् २०१८ को निर्वाचनमा ३ प्रदेशमा कंग्रेस–आईले जित हासिल गरेको थियो ।
तेलंगना राज्यमा भने कंग्रेस–आईले भारत राष्ट्र समिति (बिआरएस) को दस वर्षे सत्ता अन्त्य गरेको छ ।
तेलंगनामा कुल ११९ सिटमध्ये कंग्रेस–आईले ६४ र बिआरएसले ३९ र भाजपाले ८ सिट मात्र जितेको छ ।
एक वर्षपछि सन् २०२४ मा भारतमा लोकसभा चुनाव हुँदैछ । लोकसभाले संघीय सरकार बनाउँछ ।
अहिले भएका चुनावले नरेन्द्र मोदी नेतृत्वको भाजपाले तेस्रो पटक बहुमतसहित सरकार बनाउने बलियो सम्भावनातर्फ संकेत गरेको राजनीतिक विश्लेषकहरूले बताएका छन् ।
ताजा समाचार
लोकप्रिय
© 2025, All right reserved to Raja Times – News from Nepal
Site by: Trishuli Web
कुनै पनि प्रतिक्रिया पाईएन !