काठमाडौँ–आराध्यदेव पशुपतिनाथ मन्दिर परिसर र आसपासका क्षेत्रमा बिहिबारदेखि अर्को बुधबार अर्थात मंसिर २१ गतेदेखि २७ गतेसम्म मासु तथा मदिरा उत्पादन, बिक्री, ओसारपसार, भण्डारण र सेवन गर्न नपाइने गरी रोक लगाएको छ ।
बालाचतुर्दशी पर्व( शतवीजारोपण पर्व) लाई मध्यनजर गर्दै यी क्षेत्रमा एकसातासम्म यो नियम लागू हुने स्थानीय प्रशासन काठमाडौंले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौँले एक सूचना जारी गरी गौशाला मित्रपार्क सडकदेखि पूर्व, पशुपति क्षेत्रको पूर्व सिमानादेखि पश्चिम, गौशाला तिलगंगा चक्रपथदेखि उत्तर, मित्रपार्क–उमाकुण्ड–गौरीघाट हुँदै गुह्ेश्वरीदेखि दक्षिणभित्रका सबै भागमा यो नियम लागू हुने जनाएको छ ।
कोही कसैले यो सूचनाको बर्खिलाप हुने गरी कुनै काम गरेमा प्रचलित कानुन बमोजिम कारबाही हुने काठमाडौँ जिल्लाका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतबाट जारी सूचनामा उल्लेख गएिको छ ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to Raja Times – News from Nepal
Site by: Trishuli Web
कुनै पनि प्रतिक्रिया पाईएन !