काठमाडौं– रामेछापको रामेछाप नगरपालिका ६ होदिलमा भिरबाट लडेर एक पूर्व शिक्षकको मृत्यु भएको छ ।
शनिबार दिउँसो ३ बजेको समयमा जंगलमा बाख्रा चराउन गएका ६१ वर्षिय श्यामकुमार खड्काको भिरबाट लडेर ज्यान गएको हो ।
जनसक्रिय आधारभुत विद्यालय होदिलका पूर्व प्रधानाध्यापक रहेका खड्काको भीरखर्क सामुदायिक वनको भिरबाट लडेर ज्यान गएको प्रहरीले जनाएको छ ।
प्रहरी चौकी रामेछाप डाँडाका असई दिनेश प्रसाद चौँलागाईका अनुसार मृतकको शब भिरबाट निकालेर पोस्टमार्टमका लागि जिल्ला अस्पताल रामेछाप राखिएको छ ।
साभारः ईरामेछाप
नुवाकोटमा करेन्ट लागेर रामेछापका एक सैनिक मृत्यु
काठमाडौ– नुवाकोटमा करेन्ट लागेर एक सैनिक हवल्दारको मृत्यु भएको छ । मृत्यु हुनेमा रामेछाप घर भएका रामकुमार कार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
शनिबार साँझ विदुरनगरपालिका ६ मा रहेको जबरजंग गणमा कार्यरत नेपाली सेनाको हवल्दार पदमा कार्यरत् उनी गणको कम्पाउण्डभित्र रहेको विजुलीको तारमा छोएको बाँसलाई हटाउने क्रममा करेन्ट लागेर घाइते भएका थिए । करेन्ट लागेर घाइते भएका कार्कीलाई उपचारको लागि त्रिशुली अस्पताल लगेपनि चिकित्सकले मृत्यु घोषणा गरेको प्रहरीले जनाएको छ ।
ताजा समाचार
लोकप्रिय
© 2026, All right reserved to Raja Times – News from Nepal
Site by: Trishuli Web












कुनै पनि प्रतिक्रिया पाईएन !