काठमाडौं –लिखुगाउँपालिका ढिकुरेस्थित पहरेघाट बगरमा बिहिबारदेखि प्रथम नुवाकोट खेलकुद र साँस्कृतिक महोत्सव गरिने भएको छ ।

लिखुगाउँपालिकाको १, २ र ३ को संगमस्थल पहरेघाटमा ‘युवाको चाहाना खेलकुदको जगेर्ना धार्मिक, ऐतिहासिक, कला, संस्कृतिको सम्बर्द्धन खेलमार्फत् दिगो विकासमा युवाको सहभागिता’ भन्ने नारासहित १३ दिने महोत्सव आयोजना गर्न लागिएको हो ।

बुधबार महोत्सव आयोजक समितिले पत्रकार सम्मेलन मार्फत नुवाकोटको खेल जगतलाई जनमानससम्म पुर्याउने र संरक्षण गर्ने, धर्म, संस्कृति, सिप, कला कौशलको प्रबद्र्धन र प्रचारप्रसार लगायतका उद्देश्य रहेको छ ।

महोत्सव आयोजक समितिका संयोजक अशोककुमार थापाले खेलकुद तथा संस्कृति पर्यटन प्रवर्द्धनमा जोड, आर्थिक व्यापार प्रवर्द्धन, कृषिउपज उत्पादनको प्रवर्द्धन, प्रदर्शन र प्रचारप्रसार, पर्यटन विकास तथा नयाँ मार्गको पहिचान लक्ष्य लिएको बताए । उनले वैदेशिक रोजगारमा पलायन भएका युवावर्गलाई खेलकुदप्रति आर्कषित गराई स्वदेशमै बस्ने वातावरण निर्माण, नुवाकोट जिल्लालाई खेलकुद हब बनाउन पहल र प्राकृतिक ऐतिहासिक सम्पदाको प्रचारप्रसार र संरक्षण गर्ने लक्ष्य महोत्सवको रहेको बताए ।

महोत्सवमा खेलकुद तेक्वान्दो, कराँते, जुडो, उसु, आईटिएफ तेक्वान्दो, ब्याडमिन्टन, टेबलटेनिस, बुद्धिचाल, भलिबल खेलको प्रतियोगिता गराई खेल र खेलाडीको विकासमा सघाउ पु¥याउने महोत्सवको उद्देश्य रहेको संयोजक थापाले बताए ।

त्यसैरी महोत्सवमा साँस्कृतिक र खेलकुदको विभिन्न विधाका छुट्टाछुट्टै उपसमिति बनाई लोकदोहरी, लोकनृत्य, लाखेनाच, काठेभाका, तामाङसेलो, बालनभजन, पञ्चेबाजा, साँस्कृतिक रितिरिवाज परम्पराका झाँक्रीनाच प्रदर्शन गरिने बताइएको छ । महोत्सवमा खेलाडी, राजनीतिज्ञ, एसइई परीक्षामा उत्कृष्ट हुने विद्यार्थी र विभिन्न विधामा योगदान गरेको स्रष्टाहरुलाई सम्मान गरिने आयोजकले जनाएका छन् ।

१ सय स्टल रहने महोत्सवमा २५ वटा नुवाकोटभित्रका कृषिउपजका स्टल रहने आयोजकले जनाएका छन् । महोत्सवका बारेमा संयोजक थापा, १ का वडाध्यक्ष नरहरि पाण्डे, आयोजक समितिका कोषाध्यक्ष र खेलाडी सहभागिताका बारेमा हरिहर पाण्डे जानकारी गराएका थिए ।

महोत्सव ५५ देखि ६० हजार जनाले अवलोकन गर्ने लक्ष्य राखिएको आयोजकले जनाएका छन् । महोत्सव अवलोकनका लागि प्रवेश शुल्क तोकिएको छ भने जेष्ठनागरिक र अपांगलाई उनीको कार्ड हेरेर निःशुल्क प्रवेश दिने आयोजनकले जनाएका छन् ।

महोत्वस बिहिबार मङ्सिर २८ गतेदेखि पुष १० गतेसम्म संचालन हुने छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल