काठमाडौं – नुवाकोटको लिखुगाउँपालिका ढिकुरेस्थित पहरेघाट बगरमा प्रथम नुवाकोट खेलकुद र साँस्कृतिक महोत्सव सुरु भएको छ ।

बिहिबार अर्थमन्त्री तथा नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले महोत्सवको उद्घाटन गरेका थिए । महोत्सव उद्घाटन कार्यक्रममा बोल्दै अर्थमन्त्री महतले नुवाकोटको विकासका लागि कटिवद्ध रहेको बताए ।

अधुरा रहेका योजनाहरुलाई पूर्णता दिने र सुरुड.मार्ग निर्माणका लागि काम भैरहेको बताए । महोत्सव मुल आयोजक समितिका संयोजक अशोक कुमार थापाको सभापतित्वमा भएको कार्यक्रममा बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बहादुरसिंह लामा, नेपाली कांग्रेस नुवाकोटका सभापति तथा प्रदेशसभा सदस्य रमेश महत, १ का वडा अध्यक्ष नरहरि पाण्डे लगायतले महोत्सवको सफलताको कामना गरेका थिए ।

लिखुगाउँपालिकाको १, २ र ३ को संगमस्थल पहरेघाटमा ‘युवाको चाहाना खेलकुदको जगेर्ना धार्मिक, ऐतिहासिक, कला, संस्कृतिको सम्बर्द्धन खेलमार्फत् दिगो विकासमा युवाको सहभागिता’ भन्ने नारासहित सुरु भएको महोत्सव पुस १० गतेसम्म संचालन हुने छ । नुवाकोटको खेल जगतलाई जनमानससम्म पुर्याउने, धर्म, संस्कृति, सिप, कला कौशलको प्रबद्र्धन र प्रचारप्रसार लगायतका उद्देश्य सहित महोत्सव सुरु भएको हो ।

वैदेशिक रोजगारमा पलायन भएका युवावर्गलाई खेलकुदप्रति आर्कषित गराई स्वदेशमै बस्ने वातावरण निर्माण गरी नुवाकोटलाई खेलकुद हब बनाउन पहल गरिने आयोजकले जनाएका छन् । महोत्सव उद्घाटन लाखेनाच, मगर समुदायका संस्कृति झल्ने भेषभुषा, खेलाडीव्दारा खेलका नमूना प्रर्दशन लगायत विभिन्न साँस्कृतिक कार्यक्रम गरिएको थियो ।

महोत्सवमा उपचारका लागि खानीगाउँ स्वास्थ्य चौकी र गाउँपालिका निःशुल्क स्वास्थ्य सेवा संचालन गरेका थिए । महोत्सवमा तेक्वान्दो, कराँते, जुडो, उसु, आईटिएफ तेक्वान्दो, ब्याडमिन्टन, टेबलटेनिस, बुद्धिचाल, भलिबल खेलको प्रतियोगिता गराई खेल र खेलाडीको विकासमा सघाउ पु¥याउने महोत्सवको उद्देश्य छ ।

महोत्सवमा साँस्कृतिक र खेलकुदको विभिन्न विधाका छुट्टाछुट्टै उपसमिति बनाई लोकदोहरी, लोकनृत्य, लाखेनाच, काठेभाका, तामाङसेलो, बालनभजन, पञ्चेबाजा, साँस्कृतिक रितिरिवाज परम्पराका झाँक्रीनाच प्रदर्शन गरिने बताइएको छ । मंसिर २८ देखि पुस १० गतेसम्म संचालन हुने छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल