काठमाडौं–शुक्रबार मध्येरातिबाट लागू हुने गरी नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ ।

निगमले पेट्रोल, डिजल र मट्टीतेलमा प्रतिलिटरको ३ रुपैयाँ मूल्य घटाएको हो । निगमका अनुसार इण्डियन आयल कर्पोरेसनले २९ मंसिरमा पठाएको नयाँ मूल्यमा पेट्रोलमा ३ रुपैयाँ ७ पैसा र डिजलमा ३ रुपैयाँ १६ पैसा मूल्य घटाइको छ ।


निगमले ३ रुपैयाँ मात्र मूल्य घटाएको छ । नयाँ निर्धारण गरिएको मूल्य अनुसार काठमाडौं, पोखरा र दिपायल क्षेत्रमा पेट्रोलको लिटरको १६७ रुपैयाँ तथा डिजल तथा मट्टीतेल लिटरको १५७ रुपैयाँ पर्नेछ ।


चारआली, विराटनगर जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज डिपोको १५ किलोमिटरसम्मको क्षेत्रमा खुद्रा मूल्य पेट्रोलको लिटरको १६४ रुपैयाँ ५० पैसा पर्नेछ भने डिजल तथा मट्टीतेलको लिटरको १५४ रुपैयाँ ५० पैसा पर्नेछ । त्यसैगरी सुर्खेत र दाङ डिपोको १५ किलोमिटर सम्मको क्षेत्रमा पेट्रोलको लिटरको १६६ रुपैयाँ डिजल तथा मट्टीतेल लिटरको १५५ रुपैयाँ पर्ने आयल निगमले जनाएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल