काठमाडौं–जिल्ला समन्वय समिति नुवाकोटद्धारा आयोजित प्रथम त्रैमासिक प्रगति समिक्षा सकिएको छ ।
आर्थिक वर्ष २०८०÷८१ को त्रैमासिक प्रगति समिक्षा कार्यक्रमको उद्घाटन बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले संवोधन गर्दै आगामी आर्थिक वर्षदेखि सडक क्षेत्रमा टुक्रे योजना बनाएर बजेट विनियोजन नगरिने बताए ।
नीतिगत निर्णय नै भइसकेकोले सडक तर्फ ५० लाख रुपैयाँ भन्दा कम बजेट कुनै पनि सडकलाई विनियोजन नगरिने मुख्यमन्त्रीले बताए ।
समिक्षा कार्यक्रममा तादी गाउँपालिकाका अध्यक्ष सन्तमान तामाङ, विदुर नगरपालिका उपप्रमुख प्रभा बोगटी, नुवाकोटका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जिल्लामा कर्मचारी अभावले सोचे जस्तो कार्य संचालन गर्न गारो भएको बताए ।
नेका उपसभापति नुवाकोटका राजु थापा, नेकपा एमालेका कार्यालय सचिव अरुण श्रेष्ठ, नेकपा माओवादी (केन्द्र) का जिल्ला संयोजक पुष्प लामिछाने अरुण लगायतले जनताको जनभावना अनुसार कार्य गर्नु पर्ने बताए । समिक्षा जिल्ला समन्वय समितिका प्रमुख रजिन्द्रबिक्रम सिंह ठकुरीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्लास्थित कार्यालयहरु, स्थानीय तहहरुले कार्यालयको प्रगति विवरण प्रस्तुत गरेका थिए ।
ताजा समाचार
लोकप्रिय
© 2025, All right reserved to Raja Times – News from Nepal
Site by: Trishuli Web
कुनै पनि प्रतिक्रिया पाईएन !