काठमाडौं–समाजवादी मोर्चा नेपालले शनिबार नुवाकोट विदुरमा सन्देश सभा गरेको छ ।

समाजवाद विचारधारा बोक्ने चार राजनीतिक दलहरु सम्मिलित दलहरु बीच कार्यगत एकता कायम गरी लोकतन्त्रिक गणतन्त्रलाई संस्थागत गरी समाजवाद उन्मुख हुन मोर्चामा आवद्ध मोर्चाका नेताहरुले आग्रह गरेका छन् । सभालाई सम्बोधन गर्दै जनता समाजवादी पार्टीका सहअध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठले गणतन्त्रलाई बचाउन समाजवाद पक्षधरहरु एकजुट भई उभिनु पर्ने बताए ।

नेकपा माओवादी केन्द्रका पोलिट्ब्यूरो सदस्य हितबहादुर तामाङले संघिय लोकतान्त्रिक गणतन्त्र नै जनताको जनताको बलिदान र संघर्षबाट प्राप्त गरेको उपलव्धी गुम्न दिन नहुने बताए ।

सन्देशसभा कार्यक्रममा मोर्चामा आवद्ध नेकपा एकिकृत समाजवादीका केन्द्रिय परिषद् सदस्य सूर्य कडेल, नेकपाका पोलिट्ब्यूरो सदस्य आजाद सी,नुवाकोटका ईन्चार्ज निर्देश सीको अध्यक्षतामा गरिएको सन्देशसभामा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य पुष्पविक्रम मल्ल, केन्द्रिय सदस्य तेज बहादुर मिजार, माओवादी केन्द्र नुवाकोटका जिल्ला संयोजक पुष्प लामिछाने अरुण, एकिकृत समाजवादीका केन्द्रिय परिषद् सदस्य यमकुमार खाती लगायतका सहभागी थिए ।

मोर्चामा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल र नेपाल कम्युनिस्ट पार्टी आवद्ध छन् ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल