काठमाडौं– सुदूरपश्चिमको बाजुरा जिल्लाको बडीमालिका नगरपालिकाको मेलकाँदमा आइतबार साँझ ट्रयाक्टर दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ ।

बाजुरा सदरमुकाम मार्तडीबाट गौमुल गाउँपालिकाको घटमुनातर्फ जाँदै गरेको ट्रयाक्टर आइतबार साँझ मेलकाँदमा खडुकामा सडकबाट खसेको हो ।

त्यहाँस्थित जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार मृत्यु हुनेमा गौमुल गाउँपालिकाका ३३ वर्षीय चालक हिक्मत रोकाया, बडीमालिका नगरपालिका–२ का ३८ वर्षीय देवराज जोशी, बडिमालिका–१ का ३५ वर्षीय चन्द्रबहादुर दानी र बडीमालिका–२ की ३० वर्षीया कीर्ति रोकायाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । प्रहरीका अनुसार अर्को ट्रयाक्टरलाई उछिन्न गर्न खोज्दा दुर्घटना भएको हो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल