काठमाडौं –एमालेले १८ दिनअघि नेपालको पश्चिम बैतडीको झुलाघाटबाट पुष्पलाल मध्येपहाडी लोकमार्गबाट सुरू गरेको समृद्धिका लागि संकल्प यात्रा आइतबार पूर्वको पाँचथरको चिवाभन्ज्याङ पुगेर सकिएको छ ।

मंसिर १४ गते बैतडीको झुलाघाटमा एमालेका पार्टी अध्यक्ष खड्गप्रसाद ओलीले (केपी शर्मा ओली) ले राष्ट्रिय झन्डा झण्डोत्तोलन गरेर संकल्प यात्रा थालेका थिए । पाँचथरको चिवाभन्ज्याङमा राष्ट्रिय झन्डा फह¥याउँदै एमाले अध्यक्ष ओलीले समृद्धिका लागि संकल्प यात्रा समापन भएको सन्देश दिए ।

अध्यक्ष ओलीले १८ दिनको मध्यपहाडी लोकमार्गको यात्राले देशमा विद्यमान विभिन्न समस्या र समाधान गर्न एमाले सक्षम छ भन्ने सन्देश प्रवाह गरेको दाबी गरेको बताए । यात्राका क्रममा सबैले दिएका सल्लाह, सुझाव र समस्यालाई संकलन गरेकाले समिक्षा गर्दै समाधानको प्रतिवद्धता जनाएका छन् ।

बैतडीको झुलाघाटदेखि निरन्तर यात्रामा निस्केका अध्यक्ष ओली १७ औं दिनमा पाँचथर सदरमुकाम फिदिम पुगेपनि शुक्रबार केही अस्वास्थताको कारण देखाउँदै उनी फिदिमबाट हेलिकोप्टरमा चिवाभञ्जाङ पुगेका थिए ।

पार्टीका अन्य पदाधिकारी भने सडकबाटै चिवाभन्ज्याङ पुगेका थिए । उक्त मार्गमा पर्ने २६ वटा जिल्लामा एमालेले स्थानीय माझ ३० वटा ठूला सभा र १ सय भन्दा बढी अन्तक्र्रिया गरेको थियो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल