काठमाडौं – रुस–युक्रेन युद्धमा कैलालीको टीकापुरका एक युवकको मृत्यु भएको छ ।

रुस–युक्रेन बीचको लडाइँमा रुसका तर्फबाट लडिरहेका टीकापुरनगरपालिका–१ दुर्गानगरका ३६ वर्षीय भरत शाहको मृत्यु भएको बताइएको छ । उनको मृत्यु नोभेम्बर २० मा भए पनि उनको परिवारजनले भने शुक्रवार मात्र जानकारी पाएका थिए ।
उनीसँगै रुसी सेनामा कार्यरत कञ्चनपुरका युवाले शुक्रवार शाहको परिवारलाई मेसेज पठाएर लडाईंमा घाइते उनी समयमा उपचार पाउन नसक्दा मृत्यु भएको जानकारी गराएका थिए ।

तीन महिनाअघि दुबइको रोयल गार्डबाट रुसी सेनामा भर्ना भएको उनका आफन्त मंगल शाहले बताए । रुसीले शाहको परिवारलाई आधिकारिक रुपमा जानकारी गराएको छैन । शाहसँगै युक्रेनका बिरुद्ध रुसकातर्फबाट लडिरहेका कञ्चनपुरका युवाले आफू पनि युद्ध मैदानमा रहेको र फर्किने सम्भावना नरहेको पीडादायी मेसेज पठाएका छन् ।

युद्ध लडिहरेकाहरुसँग मोवाइल र अन्य सञ्चारसुबिधा नरहेको र लडाइँको मैदानबाट भाग्ने वा जोगिने सम्भावना नरहेको पनि कञ्चनपुरका युवाले युक्रेन र रुसको सीमाबाट मेसेज पठाएका छन ्।

शाहको मृत्यु भएको जानकारी पाएपछि परिवारजनले आइतबार टीकापुरमा कर्णाली नदीको दौलत घाटमा कुशको शव बनाएर शाहको दाहसंस्कार गरेका छन्। मृतक शाहकी श्रीमती, एक छोरा र अढाई महिनाकी एक छोरी छन् ।
साभारः देशसंचार

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल