काठमाडौं– चीनको गान्सु र छिङहाई प्रान्तमा सोमबार मध्यरातमा गएको भूकम्पबाट १ सय ११ जनाको मृत्यु भएको छ ।

सोमबार मध्यरातमा ती प्रान्तमा ६ दशमलव २ म्याग्निच्युडको भूकम्पमा गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । त्यहााका स्थानीय भूकम्प राहत मुख्यालयका अनुसार ५ सय भन्दा बढी स्थानीयवासी घाइते भएको बताइएको छ ।

चाइना भूकम्प नेटवर्क सेन्टरकाअनुसार राति ११ बजेर ५९ मिनेटमा भूकम्प गएको हो । भूकम्पले स्थानीयका घर, सडक, खानेपानी, विद्युत लगायत अन्य पूर्वाधारमा क्षति पु¥याएको बताइएको छ ।

चीनको प्रान्तीय अग्नि तथा उद्धार विभागले ८८ दमकल, १२ खोज तथा उद्धार कुकुर, १० हजार भन्दा बढी उपकरणसहित ५८० उद्धारकर्ता विपद् क्षेत्रमा पठाएको छ । त्यहाँका रेलवे प्राधिकरणले भूकम्प क्षेत्रबाट आवतजावत गर्ने यात्रु र मालवाहक रेलहरू बन्द गराएको छ ।
साभारः एजेन्सीहरु

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल