काठमाडौं–रेडियोको गुणस्तर वृद्धि र रेडियोको प्रशारण सामाग्रीलाई डिजिटलाइजमा सहयोग पुर्याउन रेडियोमा कार्यरत पत्रकारलाई पााच दिने प्राविधिक तालिम प्रदान गरिएको छ ।


सञ्चार रजिष्ट्रारको कार्यालय बागमती प्रदेशले नुवाकोट सदरमुकाम विदुरमा उक्त तालिम दिएको हो । तालिममा समाचार उत्पादनका लागि आवश्यक प्राविधिक ज्ञान, सिप र रेडियोका लागि उत्पादित सामग्रीलाई डिजिटल माध्यमबाट वितरण गर्ने पोडकाष्टको सीप सिकाइएको सञ्चार रजिष्ट्रारको कार्यालय बागमतीका सञ्चार रजिष्ट्रार रेवतीप्रसाद सापकोटाले बताए ।


सहभागीलाई रत्नराज्य क्याम्पसका पत्रकारिता विभाग प्रमुख डा. श्रीराम पौडेल र सञ्चार रजिष्ट्रार कार्यालयका इञ्जिनियर रोशन कोइरालाले सहजीकरण गरेका थिए ।


तालिममा बागमती प्रदेशका रसुवा, नुवाकोट, सिन्धुपाल्चोक, काठमाडौ, मकवानपुर, ललितपुर, चित्तवन र धादिङका २३ जना रेडियोमा कार्यरत पत्रकारहरु सहभागी थिए । तालिम यही पुस ८ देखि १२ गतेसम्म संचालन भएको थियो ।


तालिम समापन कार्यक्रममा जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख रजिन्द्र बिक्रमसिंह ठकुरी र सञ्चार रजिष्ट्रारको कार्यालय बागमतीका सञ्चार रजिष्ट्रार सापकोटालले सहमागीहरुलाई संयुक्तरुपमा प्रमाणपत्र प्रदान गरेका थिए भने सञ्चार रजिष्ट्रारको कार्यालय बागमती प्रदेश कार्यालयका सूचना अधिकारी शर्मिली कर्माचार्यको उपस्थिति थियो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल