काठमाडौं– नुवाकोट जिल्ला अदालत बार एशोसिएसनको नननिर्मित भवनको उद्घाटन भएको छ ।
नेपाल बार एशोसिएसनका केन्द्रिय अध्यक्ष तथा वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरे र पूर्व महान्यायधीवक्ता बसन्तराम भण्डारीले संयुक्त रुपमा उद्घाटन गरेका थिए ।
नुवाकोट बारका अध्यक्ष राजाराम थपलियाका अनुसार २ सय ३४ जना सहयोगी हातहरुको सहयोगमा उक्त भवन निर्माण गरिएको बताए । सहयोगी हातहरुलाई कदरपत्रव्दारा उद्घाटन कार्यक्रममा सम्मान गरिएको थियो ।
२०७३ फागुनमा शिलान्यास भएको थियो । नुवाकोट अदालतको नाममा रहेको जग्गालाई सर्वोच्च अदालतमार्फत नुवाकोट बारलाई ५ आना जग्गा प्रदान गरिएको थियो । २०४३ साल पुस ६ गते नुवाकोट बारको स्थापना भएको हो । हाल बारमा ५० जना सदस्य छन् ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to Raja Times – News from Nepal
Site by: Trishuli Web
कुनै पनि प्रतिक्रिया पाईएन !