काठमाडौं– ईस्वी सम्वत्को नयाँ वर्ष २०२४ को अस्ट्रेलियाको सिड्नीमा भव्य स्वागत गरिएको छ । नयाँ वर्षको उत्सव भव्य आतिशबाजीका साथ सुरु भएको थियो ।


अस्टे«लियाको सिड्नीका हार्बर ब्रिज र ओपेरा हाउसमाथिको आकाशमा ८ दशमलव ५ टनको आतिशबाजी गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । आतिशबाजी १२ मिनेटसम्म चलेको थियो ।


अष्ट्रेलियाका अन्य सहर क्यानबेरा र मेलबर्नमा पनि नयाँ वर्षको भव्य स्वागत गरिएको छ । किरिबाटीबाट सुरु भएको नयाँ वर्षको उत्सव अष्ट्रेलिया, न्युजिल्यान्ड, मलेसिया, सिंगापुर, जापान, कोरिया र थाइल्यान्ड हुँदै चीनसम्म गरिसकिएको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् ।
साभारः देशसंचारबाट

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल