काठमाडौं– जापानमा शक्तिशालीमा भूकम्पमा परी कम्तीमा ३० जनाको मृत्यु भएको बताइएको छ ।

सोमबार इसिकावा प्रिफेक्चरलाई केन्द्रविन्दु भएर ७ दशमलव ६ म्याग्निच्युडको भूकम्प भएको थियो । भूकम्पमा परेर जापानका विभिन्न ठाउँमा भवनहरु, सडकहरु भत्किएका छन् भने केही ठाउँमा पहिरो तथा आगलागी भएको थियो ।

भूकम्पका कारण २ सय बढी भौतिक संरचनामा आगलागी भएको र त्यसलाई नियन्त्रणमा ल्याईसकेको त्यहाँको संचार संस्था जापान टाइम्सले जनाएको छ । जापानमा सन् २०११ देखि ठूलो भूकम्पको धक्का आईरहेको छ ।

वरिपरि समुन्द्रले घेरिएको जापानमा भूकम्पका कारण सुनामीको आउने चेतावनी त्यहाँको स्थानीय प्रशासनले दिएको छ । तटीय क्षेत्रबाट स्थानीयहरुलाई उद्धार गर्न प्रशासनले निर्देशन दिइसकेको छ । जापानका प्रधानमन्त्री फुमियो किसिदाले भूकम्प प्रभावित क्षेत्रका नागरिलाई तत्काल राहत तथा उद्धार गरिने जनाएका छन् ।

एजेन्सीकाे सहयाेगमा

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल