काठमाडौं–जापानको इशिखावा प्रिफेक्चरमा सोमबार साँझ गएको ७ दशमलव ६ म्याग्नेच्युटको भूकम्पमा परी मृत्यु हुनेको संख्या ४८ जना पुगेको छ ।

जापानका सरकारी अधिकारीहरुले जनाए अनुसार इशिखावा प्रिफेक्चरको सुजु शहरमा २० जना, वाजिमा शहरमा १९ जना, नानाओ शहरमा ५ जना, अनामिजु शहरमा २ जना, हाकुई शहर र शिगा शहरमा १÷१ जना गरी ४८ जनाको मृत्यु भएको छ ।
भूकम्पका कारण हिजोदेखि बन्द भएका द्रुत गतिका रेल सेवा भने मंगलबारबाट संचालनमा आएका छन् ।

इशिखावा प्रिफेक्चरमा मंगलबार विहान पनि ५ दशमलव ६ म्याग्नेच्युटको अर्को भूकम्प गएको बताइएको छ । भूकम्प, आगलागी र सुनामीका कारण घाइते भएकाहरुको उद्धार र उपचार भइरहेकाले एकिन संख्या बाहिर आएको छैन ।

त्यसैगरी भूकम्प प्रभावित क्षेत्रहरुमा रहेका नेपालीहरुको अवस्थाका बारेमा सूचना संकलन भइरहेको गैर आवासीय नेपाली संघ जापानका अध्यक्ष नबिन निउरेले जनाए । भूकम्पग्रस्त क्षेत्रमा रहेका नेपालीहरुको पछिल्लो अवस्था बुझ्ने प्रयास गरिरहेको र अहिलेसम्म सबै नेपाली सुरक्षित रहेको बताए ।


यसैगरी नेपाली दुतावास टोकियोले एक बिज्ञप्ति जारी गर्दै इशिखावा प्रिफेक्चरमा भूकम्पले ठूलो क्षती पुर्याएको भन्दै नेपालीहरुलाई सर्तक रहन र जापान सरकारले जारी गरेका सूचनालाई पालना आग्रह गरेको छ ।

विमान ठोकिएर जापानमा ५ को मृत्यु,विमानमा आगलागी
जापान एयरलाइन्सको जेटसंग जापान तट रक्षक निकाय (कोस्ट गार्ड) विमान ठोक्किएर आगलागी हुंदा ५ जनाको मृत्यु भएको छ भने यात्रुवाहक विमानका रहेका ३८९ जनाको जिवितै उद्धार गरिएको छ ।

टोक्योस्थित हानेदा विमानस्थलमा अवतरण गरेको जापान एयरलाइन्सको जेटसंग जापान तट रक्षक निकाय (कोस्ट गार्ड)को विमान ठोक्किएर ५ जनाको मृत्यु भएको त्यहाँका संचारमाध्यमहरुले जनाएका छन् । मृत्यु भएकाको प्रधानमन्त्री फुमिओ किशिदाले उनीहरुप्रति श्रद्धाञ्जली व्यक्त गरेका थिए । जापान एयरलाइन्सको यात्रुवाहक विमान अवतरण गरे लगत्तै कोस्टगार्डको मालवाहक विमानसँग ठोक्किएको थियो भने विमानमा आगलागी भएको थियो ।

कोस्टगार्डको विमान सोमवारको भूकम्पका पीडितलाई सहायता सामग्री पु¥याउन नोतो प्रायद्वीपको निगाता विमानस्थलतर्फ जाने क्रममा रहेको बताइएको छ । त्यसअघि जापानको प्रसारक टेलिभिजन एनएचकेले प्रसारण गरेको दृश्यमा जापान एअरलाइन्सको झ्याल र तलपट्टिबाट आएको देखिएको थियो ।
एजेन्सीको सहयोगमा

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल