काठमाडौं– नुवाकोटमा क्रियाशिल पत्रकार तथा अनलाईन पत्रिका संचालकलाई प्राविधिक प्रशिक्षण दिएको छ ।

बुधबार नुवाकोट सदरमुकाम विदुरमा त्रिशूली वेबको आयोजना तथा डबली खबर नुवाकोटको समन्वयमा उक्त तालिम दिइएको हो । डबलीखबर डटकमका प्रधान सम्पादक तथा प्रकाशक सुनील श्रेष्ठले प्रशिक्षण दिएका थिए ।

एकदिने कार्यशाला प्रशिक्षणको क्रममा अनलाइन समाचार सम्प्रेषणमा ध्यान दिनुपर्ने प्राविधिक पक्ष र स्मार्ट उपाय तथा उपकरण सम्बन्धी ज्ञान र सीप प्रदान गरिएको थियो । साथै समाचार सम्प्रेषण,शीर्षक चयन,समाचार तथा तस्बिरको प्रतिलिपी अधिकार, स्रोतको सुनिश्चितता, तस्बिर तथा श्रव्यदृश्य सम्पादनबारे प्रशिक्षण दिएको थियो ।

प्रविधिको विकाससंगै संचारक्षेत्रमा भित्रिएका नयाँ विषयवस्तुको एकआपसमा ज्ञान तथा सिपबारेमा जानकारी दिइएको थियो । कार्यशालाको सहजीकरण नेपाल पत्रकार महासंघका केन्दीय सदस्य डिके रावलले गरेका थिए ।

अनलाइनमा पत्रकार भन्ने शीर्षकमार्फत उक्त प्रशिक्षण दिएको थियो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल