काठमाडौं–चार दिन अघि शिवपुरीगाउँपालिका ६ बखतीटोलस्थित खत्रीटोलमा बृद्धाको हत्या गरेको आरोपमा एक जना पक्राउ गरिएको छ ।
सोही वडाको साल्मेटारका २२ वर्षिय सुकु तामाङलाई पक्राउपछि बिहिबार प्रहरीले सार्वजनिक गरेको हो ।
जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख तथा एसपी संजयसिंह थापाले ७५ वर्षिया एकल महिला नेत्रकुमारी घर्ती क्षेत्रीको हत्यामा संलग्न निज तामाङलाई काठमाडौंबाट तालिम प्राप्त कुकुर, प्रहरी टोली र सुराकीको आधारमा निजलाई गाउँमा लुकीछिपि बसेको अवस्थामा पक्राउ गरिएको बताए ।
अभियुक्त तामाङको साथबाट ८३ हजार नगद, मृतकले कानमा लगाएको सुनको बेरुवा १ जोडा र मृतकको पोते बिनाको तिलहरी १ थान बरामद गरेको प्रहरीले जनाएको छ ।
अभियुक्त तामाङलाई मुलुकी अपराध संहिता २०७४ बमोजिम ज्यान तथा लुटपाट सम्बन्धी कसूरमा जिल्ला अदालत नुवाकोटबाट दिन ७ दिने म्याद लिई अनसन्धान अगाडि बढाइएको एसपी थापाले बताए ।
मृतक घर्ती लामो समयदेखि एकल महिलाको रुपमा जीवनयापन गर्दै आएकी थिइन् । निज तामाङ गाँजाको सेवन गर्ने गरेको र गाँजा लिन जाँदा पैसा देखेपछि हत्या गरेको स्वीकार प्रहरी बयान दिएको एसपी थापाले बताए ।
अभियुक्तले हत्या गरे पश्चात घट्नास्थलबाट फरार भई घर आएर भोलिपल्ट बिहान सबेरै काठमाण्डौ टोखा तर्फ गाडी चढी गएका थिए । लुटेको नगद तथा गरगहना बुढानिलकण्ठ नगरपालिका ६ स्थित च्यासिङटोलको जंगलको झाडीमा अभियुक्तले गाडेका थिए । पक्राउ पछि नगर र गहना प्रहरी टोलीले गाडेको ठाउँबाट बरामद गर्न सफल भएको प्रहरीले जनाएको छ ।
ताजा समाचार
लोकप्रिय
© 2025, All right reserved to Raja Times – News from Nepal
Site by: Trishuli Web
कुनै पनि प्रतिक्रिया पाईएन !