काठमाडौं–भीरबाट लडेर नुवाकोट बेलकोटगढीनगरपालिका ११ ढाँडेखर्कका एक स्थानीयको मृत्यु भएको छ ।

६० वर्षिय ज्ञानबहादुर तामाङ घरदेखि १ सय मिटर तल अमारेढाँडखर्क भीरबाट खसेर खहरेखोल्सामा लड्न पुग्दा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं डिएसपी खगेन्द्रबहादुर खडकाले बताए ।

उनको शव आवश्यक कानुनी प्रक्रिया सहित पोष्टमार्टमको लागि जिल्ला अस्पताल त्रिशूली ल्याइएको प्रहरीले जनाएको छ । उनी आइतबार साँझ आठबजेको समयमा भीरबाट लडेको बताइएको छ । उनी के कसरी लड्न पुगे भन्ने सम्बन्धमा थप अनुसंधान जारी रहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल