काठमाडौं–राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्तीको अवसरमा नेपाली सेनाले थालेको एकीकरण पदयात्रा सोमबार नुवाकोट प्रवेश गरेको छ ।
गोरखा–काठमाडौं एकीकरण मार्ग पदयात्रा २०८० नाम दिइएको पदयात्राको टोली सोमबार नुवाकोट–धादिङको सिमाना भर्याङभुरुङ खोला पुलमा धादिङ नेत्रावती डबजोङ गाउँपालिकाका जनप्रतिनिधि, शिवदल गणका गणपति अशोक बरालले नुवाकोटका म्यगङगाउँपालिकाका जनप्रतिनिधि, जबरजंग गणका गणपति चिञ्जीवी पौडेललाई दीप तथा झण्डा हस्तान्तरण गरेका थिए ।
व्दीप र झण्डा सहितको टोलीलाई म्यगङगाउँपालिका ५ स्थित सामरी पौवामा आयोजित एक कार्यक्रम गरी सम्मान गरेको थियो । म्यगङगाउपालिकाका अध्यक्ष आसा तामाङ पृथ्वीनारायण शाहको योगदान र इतिहासलाई कहिल्यै बिसर्न नदिई भाविपुस्तालाई इतिहासबारे ज्ञान दिनुपर्ने बताए ।
व्दिप ज्योति सहित सातदिने एकीकरण मार्ग पदयात्राका्े तेस्रो दिन पदयात्रा टोली सामरीबाट विदाभई विदुरनगरपालिका १० शुभघाटमा आइपुगेको छ । मंगलबार पुरानो सदरमुकाम नुवाकोट पुग्ने छ । पदयात्रामा राजा पृथ्वीनारायण शाहको जन्मोत्सवको अवसरमा तत्कालीन फौजले नेपाल एकीकरणको क्रममा प्रयोग गरेको पोशाक, हातहतियारबाट सुसज्जित भई नेपालको झण्डा सहित त्यसबेलाका ५ वटा पल्टन र एकीकरण व्दिप ज्योति साथ लिई पदयात्रामा सहभागीलाई स्थानीयवासी, जनप्रतिनिधि, पूर्वसैनिक, राष्टिय सेवा दलका क्याडेट, बुद्धिजीवीले स्वागत गरेका छन् ।
पुस २१ गते गोरखा दरबारबाट श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको फौजले नेपाल एकीकरणको दौरान प्रयोग गरेको मार्ग हुँदै पदयात्रा थालनी गरेको थियो । सो पदयात्रा धादिङ तथा नुवाकोट हुँदै काठमाडौँ पुगेर नगर परिक्रमा पश्चात पुस २७ गते जङ्गी अड्डामा आयोजना गरिने विशेष कार्यक्रमका बिच श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण तथा सलामी अर्पण पश्चात् समापन हुनेछ ।
पदयात्रामा सहभागी फौजले नेपालको राष्ट्रिय झण्डा, नेपाली सेनाका आरम्भकालीन पाँच कम्पनीहरु श्रीनाथ, पुरानो गोरख, कालीबक्स, बर्दवाणी– हाल बर्दबहादुर तथा सबुज) को झण्डा तथा दिपज्योति सहित ऐतिहासिक सैनिक पोशाक र परम्परागत बाजागाजासहित पदमार्गलाई पछ्याउदै यात्रा गरिरहेका छन् ।
नेपाली सेनाले २०७६ सालदेखि एकीकरण व्दिप ज्योति सहित पदयात्रा थालेको हो । ऐतिहासिक तथा पुरातात्विकस्थलहरुको संरक्षण र सम्बद्र्धन गर्न नेपाल सरकारको नीति कार्यक्रम अनुसार उक्त पदयात्रा गरिएको नेपाली सेनाले जनाएको छ । फौजले प्रयोग गरेका सामरि महत्वका बाटोघाटो, प्रयोग गरेका गढीकिल्लाहरु, फौजले तालिम गरेका मैदान, पाटीपौवा, कोसेढुंगाहरुको पहिचान, संरक्षण र पुननिर्माण गरी त्यसको महत्व आगामी पुस्तालाई सूसुचित गर्दै भावी पुस्तालाई हस्तान्तरण मूल उद्देश्य रहेको सेनाले जनाएको छ ।
गोरखाका राजा पृथ्वीनारायण शाहले १८०१ सालमा कान्तिपुर अधिनस्त नुवाकोट विजयी गरेपछि १८२५ सालमा कान्तिपुरमाथि विजयी भएका थिए । त्यही विजयी यात्रामा दौरानमा राजा र सेनाले प्रयोग गरेको तत्कालीन बाटोलाई एकीकरण मार्गको रुपमा पदयात्रा थालिएको हो ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to Raja Times – News from Nepal
Site by: Trishuli Web
कुनै पनि प्रतिक्रिया पाईएन !