काठमाडौं–नेपाली सेनाले एकीकरण व्दिप ज्योति सहित सातदिने एकीकरण मार्ग पदयात्राका्े चौथो दिन मंगलबार पुरानो सदरमुकाम नुवाकोटबाट काठमाडौ आउँदै छ ।

विदुरनगरपालिका वडा २ स्थित नुवाकोट पुरानो सदरमुकाम साततल्ले दरबार नजिक रहेको भैरवी मन्दिरको पं्रांगणमा विदुरनगरपालिका वडा नं.२ र विदुरनगरपालिकाले गोरखा–काठमाडौं एकीकरण मार्ग पदयात्रा २०८० मा सहभागिलाई स्वागत गरेको थियो ।

स्वागत कार्यक्रममा विदुरनगरपालिकाका उपमेयर प्रभा बोगटी र मेयर राजन श्रेष्ठले राजा पृथ्वीनारायण शाहले एकीकरणको दौरानमा बनाएका धारा, पौवा, किल्ला,गढी र बाटो मर्मत तथा संभार गरी संरक्षण गर्नुपर्ने बताए ।


नुवाकोट नागरिक समाजका कुशबहादुर डंगोल, नुवाकोटका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले राजा पृथ्वीनारायण शाहले राज्य एकीकरण गरी दिएको दिव्यउपदेश एसियाली देशहरुले समेत पालन गरेर विकासको पथमा लक्किएको बताए ।

पदयात्रामा राजा पृथ्वीनारायण शाहको जन्मोत्सवको अवसरमा तत्कालीन फौजले नेपाल एकीकरणको क्रममा प्रयोग गरेको पोशाक, हातहतियारबाट सुसज्जित भई नेपालको झण्डा सहित त्यसबेलाका ५ वटा पल्टन र एकीकरण व्दिप ज्योति साथ लिई पदयात्रामा सहभागीलाई त्रिशूली १ तालिम केन्द्रका गणपति, जबरजंग गणका गणपति, ६ नम्बर बाहिनीका बाहिनीपति सहभागिता रहेको कार्यक्रममा विदुरनगरपालिका १ का वडाध्यक्ष लेनिन् रञ्जित, वडा ४ का वडाध्यक्ष निलमबाबु ढुंगेल, विश्व हिन्दू महासंघका अध्यक्ष यज्ञराज केसी, बुद्धिजीवि, पत्रकार, भूतपूर्व सैनिक, स्थानीय लगायतले स्वागत गरेका थिए भने कार्यक्रम संचालन विदुरनगरपालिका वडा २ का वडाध्यक्ष दीपक कायस्थले गरेका थिए ।

३०२ औंं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा चारवर्षदेखि नेपाली सेनाले एकीकरण मार्ग पदयात्रा गर्दै आएको छ । नेपाल एकीकरणको समयमा राजा पृथ्वीनारायण शाह र उनका गोर्खाली सेनाव्दारा विजय अभियानको लागि प्रयोग भएका पदमार्गलाई प्रयोग गरेर नेपाली सेनाले २०७६ सालदेखि एकीकरण व्दिप ज्योति सहित पदयात्रा थालेको हो ।

यही पुस २१ गतेबाट पदयात्रा गोरखाबाट हिंडेको एकीकरण मार्ग पदयात्रा सोमबार धादिङ–नुवाकोट सिमाना भर्याङभुरुङमा शिवदल गणले नुवाकोटको जबरजंग गणलाई एकीकरण व्दिप ज्योति हस्तान्तरण गरेर सोमबारै विदुरनगरपालिका १० शुभघाटमा बिश्रम गरी मंगलबार बिहान नुवाकोट आएका थिए । मंगलबार साँझ चतुराले, बुधबार ककनी हुंदै बिहिबार २६ गते नुवाकोट र काठमाडौको सिमानामा कालीध्वज गणलाई व्दिप ज्योति हस्तान्तरण गर्ने छ ।

पदयात्रा यही पुस २७ गते जंगी अड्डामा आयोजना हुने ३०२ औं राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्तीको विशेष समारोहका बीच समापन गर्ने कार्यक्रम रहेको नेपाली सेनाले जनाएको छ ।

ऐतिहासिक तथा पुरातात्विकस्थलहरुको सरक्षा, संरक्षण र सम्बद्र्धन गर्न नेपाल सरकारको नीति कार्यक्रम अनुसार उक्त पदयात्रा गरिएको सेनाले जनाएको छ । फौजले प्रयोग गरेका सामरिमहत्वका बाटोघाटो, प्रयोग गरेका गढीकिल्लाहरु, फौजले तालिम गरेका मैदान, पाटीपौवा, कोसेढुंगाहरुको पहिचान, संरक्षण र पुननिर्माण गरी त्यसको महत्व हालका पुस्तालाई सूसुचित गर्दै भावी पुस्तालाई हस्तान्तरण मूल उद्देश्य रहेको सेनाले जनाएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल