काठमाडौं–कृष्ण पौषेऔसीको अवसरमा दिवंगत पितृको नाममा तर्पण र पिण्ड दिएर श्राद्ध गरिएको छ ।
बिहिबार काठमाडौंको गोकर्णेश्वर, नुवाकोट र रसुवाको सिमा बेत्रावतीस्थित उत्तरगया र नुवाकोटको सितापोखरीमा पितृ उद्धारका लागि हजारौ भक्तजनले श्राद्ध गरेका छन् । श्राद्ध गर्न देशका विभिन्न जिल्लाबाट आउने आउने गर्छन् ।
कृष्ण पौषेऔसीमा स्नान गरी पितृहरुलाई श्राद्ध गरेर तर्पण, दान गर्नाले अगति परेका पितृहरु मुक्त भई स्वर्ग जाने जनविश्वास छ । साथै पितृको आफ्ना कुलको रक्षा र मानोकाक्षा पूरा गरिदिने भएकाले श्राद्ध गर्न गोकर्णेश्वर र बेत्रावतीको उत्तरगया र सितापोखरीमा भक्तजनहरु टाढादेखि आउ“छन् ।
यी स्थानमा आउन नसक्नेहरुले आफ्ना गुरुपुरोहितबाट नजिकका खोला वा नदी किनारमा गई श्राद्ध गर्ने गर्छन् ।
उत्तरगयामा हिन्दू र बौद्ध सम्प्रदायले आफ्ना दिवंगत पितृको श्राद्ध गर्दै आएका छन् । भक्तजनहरु भारत काशीको शिरस्थान मानिने गोकर्णेश्वर, उत्तरगया र सितापोखरीमा श्राद्ध गर्ने गर्दछन् ।
बेवात्रवतीको उत्तरगयामा हिन्दू र बौद्धको मिश्रण रहेको छ ।
हिमवत् खण्डमा उल्लेख भएअनुसार सत्ययुगमा देव र दानव मिलेर समुन्द्र मन्थन गर्दा निस्केको कालकुट विष शमन गर्ने सक्ने कोही नभएपछि भगवान् शिव सेवन गरेपछि त्यसको डाह मार्न उत्तराखण्ड हिमालयतर्फ लाग्दा हालको बेत्रावती उत्तरगयामा आएपछि त्रिशूली र फलाखुको दोभानको बीचमा बेतको लौरोले खोस्रेर तप्त नदी उत्पत्ति गराए । सोही नदीको पानीले घा“टीमा रहेको विषको डाह कम गराई गोसाइकुण्डतर्फ लागेको जनविश्वास छ ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to Raja Times – News from Nepal
Site by: Trishuli Web
कुनै पनि प्रतिक्रिया पाईएन !